रसुवागढी जलविद्युतको सुरुङमा थुनिएका सबै मजुदूरको सुरक्षित उद्धार « Khabarhub

रसुवागढी जलविद्युतको सुरुङमा थुनिएका सबै मजुदूरको सुरक्षित उद्धार


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा थुनिएका सबै मजदूरको सुरक्षित उद्धार भएको छ ।

शुक्रवार बिहान पाँच बजेदेखि सात बजेको समयमा सबै मजदूर सुरक्षित उद्धार गरिएको रसुवाकी सहायक प्रमुख जिल्ला अधकिारी सपनाकुमारी भट्टराईले खबरहबलाई जानकारी दिइन् । बिहीबार बेलुका काम गर्न सुरुङ परेका १७ जना मदजूरलाई सुरुङभित्र थुनिएका थिए । सुरुङमा थुनिएका ११ नेपाली र ६ चिनियाँलाई सुरक्षा निकायसहितको टोलीले बिहानै उद्धार गरेको भट्टराईले बताइन् ।

बिहीबार साँझ साढे ८ बजे पहाडबाट सुक्खा पहिरो झरेको थियो।सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ मजदुर थिए । नेपाल–चीन सीमा क्षेत्रमा रसुवागढी नाकानजिकै यो एक सय ११ मेगावाटको जलविद्युत् आयोजना बनिरहेको छ। गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रबाट करिब सय मिटरमाथि यो परियोजना पर्छ ।

यो आयोजनाको सुरुङ निर्माण भइरहेको छ। पहिरो गएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खोज तथा उद्धारमा खटिएको थियो । यो टोलीले बिहान सात बजेभित्र सबैको उद्धार गरेको हो । उद्धारका लागि नेपाल प्रहरीको सात, सेनाका १२ र सशस्त्र प्रहरीका २० गरी ३९ जनाको टिम खटिएको थियो ।

राति नै उद्धारको प्रयास भएपनि बिहानमात्र उद्धार सम्मभ भएको थियो । बेलुका गरिएको उद्धारका क्रममा माटो र ढुंगा झरेकाले बाटो अवरुद्ध भएको तथा विद्युत् आपूर्ति पनि बन्द भएकाले मजदुरहरूलाई तत्काल बाहिर निकाल्न सकिएको थिएन । बिहान उज्यालो भएपछि सबैलाई सहज रुपमा निकालिएको आयोजना प्रमुख छवि गैरेले बताए।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ७ : ४३ बजे

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै