राजश्व छली गर्ने काइदा– अरुको नाममा कम्पनी खोलेर बिल बिजक बिक्री « Khabarhub

राजश्व छली गर्ने काइदा– अरुको नाममा कम्पनी खोलेर बिल बिजक बिक्री


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक समूहले विभिन्न व्यक्तिका नाममा व्यापारिक फर्म (कम्पनी) दर्ता गरी नक्कली बिल बिजक तयार एवम् बिक्री गरेर ३ अर्ब रपैयाँ बराबरको राजश्व छलि गरेको देखिएको छ ।

राजश्व अनुसन्धान विभागका अनुसार सुनसरीको इनरुवा नगरपालिका–९ वलाहा घर भई हाल भक्तपुरको ठिमि बस्ने गोपालप्रसाद भट्टराईसहित १५ जनाको समूहले झन्डै ३ अर्ब रुपैयाँ बराबरको कर छलि गरेको हो ।

विभागले उनीहरुविरुद्ध २ अर्ब ९८ करोड ५७ लाख ५७ हजार ११५ विगो कायम गरी विगोको दुई गुणा जरिवाना र ३ वर्ष कैद सजायको माग दावीसहित काठमाण्डौ जिल्ला अदालतमा विहिबार मुद्दा दायर गरेको छ ।

उनीहरुले विनोद धमाला, सन्तोषकुमार कार्की, मेघबहादुर श्रेष्ठ, धनबहादुर भोम्जन, भरतबहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला (दमाई) र पार्वती सूचीकारका नाममा ८ ओटा फर्म दर्ता गरेर नक्कली बिजक तयार गरी राजश्व छलेको अनुसन्धानबाट खुलेको छ ।

उक्त फर्मबाट गोपालप्रसाद भट्टराई र रिम्बरध्वज कार्कीले वस्तु तथा सेवाको खरीद बिक्रीको कारोवार नै नगरी झुटा बिजक बनाएर राजश्व चुहावट गरेको खुल्न आएको छ ।

यस्ता फर्महरुले बिजक मात्र जारी गर्ने गरेको, वस्तु तथा सेवाको वास्तविक खरीद बिक्री नगरी झुट्टा तथा नक्कली बिजक जारी गरेको र त्यसबाट प्राप्त हुने लाभमा सबैको समानुपातिक हिस्सेदारी भएकाले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिमको कसुर गरेको विभागको दाबी छ ।

राजश्व चुहावटमा फर्मका प्रोपाइटर भट्टराई र कार्कीको मुख्य संलग्नता देखिएकाले कर छली गरेको रकमको बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिवाना तथा तीन वर्षसम्म कैद सजायको माग गरिएको छ ।

कर सहयोगी ललितराज कन्दङ्वा र गौरी मैनालीले राजश्व चुहावटमा सहयोग गरेको तथा लेखा परीक्षक जगन्नाथ गुरुङ, शरणबहादुर खड्का र टङ्कनाथ नेपालले गलत लेखा परीक्षण प्रतिवेदन तयार गरेकाले भट्टराई र कार्कीलाई हुने सजायको आधा सजायको माग दाबी गरिएको महानिर्देशक मैनालीले जानकारी दिनुभयो । उक्त घटनामा विभागले चार महीना अघिबाट अनुसन्धान थालेको थियो ।

यसअघि विभागले ८१ मुद्दामा रु १८ अर्ब ३२ करोडको बिगो तथा जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित २३८ जना विरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिसकेको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ३ : १७ बजे

अधिकृतको हस्ताक्षर विवादले स्याङ्जा–२ मा मतगणना सुरु हुन सकेन

स्याङ्जा – स्याङ्जा-२ को मतगणनामा विवाद भएको छ । ८९

धादिङ-१ मा रास्वपाकी आशिका तामाङ अगाडि

काठमाडौं– धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा

काठमाडौँ–२ मा रास्वपाका केसीको अग्रता

काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले

धनुषा–३ मा मनिष झालाई अग्रता

धनुषा– बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ

काठमाडौँ- ९ मा रास्वपाका डिपी अर्याल १३ सय मतले अगाडि

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ–९