इटहरीका मेयर द्वारिकालाल चौधरीले मागे माफी (विज्ञप्ति सहित) « Khabarhub

इटहरीका मेयर द्वारिकालाल चौधरीले मागे माफी (विज्ञप्ति सहित)


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न अभिव्यक्ति दिएर पटक–पटक विवादमा तानिँदै आएका इटहरी उपमहानगर पालिकाका मेयर द्वारिकालाल चौधरीले आफ्नो पछिल्लो अभिव्यक्तिले नेपाली आमा दिदी बहिनीको भावनामा चोट पर्न गएकोमा क्षमा याचनासहित माफी मागेको छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मेयर चौधरीले इटहरीको समृद्धि र विकासका लागि महिला दिदी बहिनीहरुको समेत साथ र सहयोग विना सम्भव नभएको भन्दै क्षमा याचना गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्– ‘अहिलेसम्म यहाँहरुले खेल्नुभएको भूमिकाप्रति आभार प्रकट गर्दै अवाञ्छित यौनजन्य गतिविधिको अन्त्य गरी विकास र समृद्धिमा यहाँहरुको साथ र सहयोगका लागि हार्दिक आह्वान गर्दछु ।’

मेयर चौधरीले गत असार ४ गते इटहरी–१६ र १७ वडाका नागरिक समाजले गरको सामाजिक विकृति विरुद्धको अभियान कार्यक्रममा समाजलाई नै अपाच्य हुने खालका शब्द प्रयोग गरेपछि आलोचित बनेका थिए ।

उनले इटहरी उपमाहानगरपालिकामा रहेको बेथिति, कुरीति तथा भ्रष्टाचारविरुद्ध आफू लडिरहने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले इटहरीमा देखिएको यौनजन्य गतिविधिलाई नियन्त्रण गर्नु प्रमुख चुनौती रहेको र यसलाई नरोकी समुन्नत इटहरी निर्माणको परिकल्पना अधुरो रहने बताएका छन् ।

यसअघि पनि मेयर चौधरीले पत्रकारमाथि प्रयोग गरेका शब्दलाई लिएर आलोचित बनेपछि माफी माग्न बाध्य भएका थिए ।

विज्ञप्ति यस्तो छ 

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ७ : १७ बजे

कांग्रेस महाधिवेशन रोक्ने देउवाको प्रयास असफल, सर्वोच्चले दिएन मागअनुसारको आदेश

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष अधिवेशनबाट निर्वाचित गगनकुमार थापा

युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ

बैङ्कक- मध्यपूर्वमा लामो सैन्य तैनाती पूरा गरेको अमेरिकी विमानवाहक युद्धपोत

रसुवाको बाढीमा नेपालीसहित ४०३ जना बेपत्ता, ३४१ विदेशी पर्यटक परे

काठमाडौं– रसुवामा आएको आकस्मिक बाढीमा परी हालसम्म ४०३ जना नेपाली

रास्वपाले विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई ५० लाख सहयोग गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् प्रतिकार्य तथा राहतका लागि

‘सबै सकियो, जिल्ला नै अन्धकारमय भयो, यहाँको अवस्था सोध्दै नसोध्नुस्’

काठमाडौं- बुधबार बिहान भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवाको गोसाईकुण्ड गाउँपालिकाका