इटहरीका मेयर द्वारिकालाल चौधरीले मागे माफी (विज्ञप्ति सहित) « Khabarhub

इटहरीका मेयर द्वारिकालाल चौधरीले मागे माफी (विज्ञप्ति सहित)


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न अभिव्यक्ति दिएर पटक–पटक विवादमा तानिँदै आएका इटहरी उपमहानगर पालिकाका मेयर द्वारिकालाल चौधरीले आफ्नो पछिल्लो अभिव्यक्तिले नेपाली आमा दिदी बहिनीको भावनामा चोट पर्न गएकोमा क्षमा याचनासहित माफी मागेको छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मेयर चौधरीले इटहरीको समृद्धि र विकासका लागि महिला दिदी बहिनीहरुको समेत साथ र सहयोग विना सम्भव नभएको भन्दै क्षमा याचना गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्– ‘अहिलेसम्म यहाँहरुले खेल्नुभएको भूमिकाप्रति आभार प्रकट गर्दै अवाञ्छित यौनजन्य गतिविधिको अन्त्य गरी विकास र समृद्धिमा यहाँहरुको साथ र सहयोगका लागि हार्दिक आह्वान गर्दछु ।’

मेयर चौधरीले गत असार ४ गते इटहरी–१६ र १७ वडाका नागरिक समाजले गरको सामाजिक विकृति विरुद्धको अभियान कार्यक्रममा समाजलाई नै अपाच्य हुने खालका शब्द प्रयोग गरेपछि आलोचित बनेका थिए ।

उनले इटहरी उपमाहानगरपालिकामा रहेको बेथिति, कुरीति तथा भ्रष्टाचारविरुद्ध आफू लडिरहने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले इटहरीमा देखिएको यौनजन्य गतिविधिलाई नियन्त्रण गर्नु प्रमुख चुनौती रहेको र यसलाई नरोकी समुन्नत इटहरी निर्माणको परिकल्पना अधुरो रहने बताएका छन् ।

यसअघि पनि मेयर चौधरीले पत्रकारमाथि प्रयोग गरेका शब्दलाई लिएर आलोचित बनेपछि माफी माग्न बाध्य भएका थिए ।

विज्ञप्ति यस्तो छ 

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ७ : १७ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा