यात्रुवाहक बस बन्धक बनाउने व्यक्ति सुरक्षा कारबाहीमा मारिए « Khabarhub

यात्रुवाहक बस बन्धक बनाउने व्यक्ति सुरक्षा कारबाहीमा मारिए


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रिओ दि जेनेरियो – ब्राजिलको रिओ दि जेनेरियोमा एक यात्रुबाहक बस नियन्त्रणमा लिने व्यक्ति मारिएका छन् । ब्राजिलको सैनिक प्रहरीले ३ घण्टा सम्म यात्रुबहाक बस कब्जामा लिने व्यक्तिलाई आफूहरूले मारिदिएको बताएका छन्।

एउटा ट्विटर सन्देशमा प्रहरीले एकजना निसानेबाजले बस अपहरणकर्तालाई मारिदिएपछि बन्धक बनाइएका व्यक्तिहरू रिहा भएको जनाएका छन्।

यसअघि प्रहरीले उक्त बसलाई घेरा हालेका थिए। बन्धक बनाइएका कुनै पनि यात्रु घाइते नभएको प्रहरीले जनाएको बीबीसीले जनाएको छ ।

स्थानीय सैनिक प्रहरीका एकजना प्रवक्ताले ती अपहरणकर्तामाथि बसको ढोका छेउमा एकजना बन्धकको टाउकोमा हतियार जस्तो देखिने सामग्री तेर्साएर उभिएको अवस्थामा निसानेबाजले गोली चलाएको जनाकारी दिए।

उक्त व्यक्तिले बोकेको बन्दुक नक्कली भएको खुलेको छ। त्यसअघि नै बसका ६ जना यात्रुहरू रिहा भएका थिए। भिडिओ फुटेजमा रिहा हुने क्रममा एकजना बन्धक महिला बेहोस भएको देखिन्छ।

यसअघि हेलिकप्टरबाट लिइएका फुटेजहरूमा उक्त बस रिओलाई अर्को शहर नितेरोइसँग जोड्ने पुलको दुईवटा लेनको बीचमा रोकिएको देखाइएको थियो।

सैनिक प्रहरी, एम्बुलेन्सहरू र एउटा विशेष कारबाही दस्ताका सुरक्षाकर्मीहरू घटनास्थल पुगेका थिए। त्यो बसमा एक दर्जनभन्दा बढी यात्रु सवार रहेको ठानिएको छ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ८ : ३३ बजे

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफल जारी

गण्डकी- गाँजाखेतीलाई कानुनी वैधता दिन गण्डकी प्रदेश सरकारले ल्याएको विधयक