‘कप्स’ को गीत: सुन्दरी देखेर आँखा सन्कियो « Khabarhub

‘कप्स’ को गीत: सुन्दरी देखेर आँखा सन्कियो


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनुपविक्रम शाही स्टारर फिल्म ‘कप्स’ को गीत सार्वजनिक गरिएको छ । ‘सुन्दरी देखेर आँखा सन्कियो’ बोलको आइटम गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

मीना निरौला र शम्भुराज शाक्यले स्वर दिएको यो गीतमा गायक शाक्यकै संगीत छ भने सुरेन्द्र रानाले गीतका शब्द लेखेका हुन् ।

गीतको भिडियो डान्स क्लबमा खिचिएको छ । भिडियोमा रिया प्रधानले नाचेकी छिन् भने अनुपविक्रम शाहीलाई पनि भिन्दै लूकमा देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हन् ।

स्रमाट शाक्यले निर्देशन गरेको यो फिल्ममा एक प्रहरीको बहादुरीको कथालाई देखाइएको छ । यस्तै फिल्ममा अनुपविक्रमका अतिरिक्त सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठ लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

फिल्ममा सम्राट निर्देशक शाक्यको लेखन र राम शाक्यको निर्माण छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ११ : ४९ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल