राजश्व विभाग प्रधानमन्त्री मातहत आएपछि सफलता हात परेको छ– अर्थमन्त्री « Khabarhub

राजश्व विभाग प्रधानमन्त्री मातहत आएपछि सफलता हात परेको छ– अर्थमन्त्री


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व असुलिमा सदाचार कायम राख्न राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत ल्याइएको स्पष्ट पारेका छन् ।

अर्थमन्त्री खतिवडाले राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत आएपछि राजस्व हिनामिना गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउन सफलता हात परेको दाबी गरे । बुधबार ‘राजस्व चुहावट, अनुसन्धान र नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले स्वच्छ राजस्व प्रशासन कार्यालय कायम गराउन पनि राजस्व विभागलाई प्रधानमन्त्री तथा मन्त्रिरिषद कार्यालयको मातहत राख्दा सहज भएको स्मरण गराए ।

अर्थमन्त्री खतिवडाले कर छली गर्ने जोकोहीलाई पनि कार्वाहीको दायरामा ल्याउने चेतावनी दिए । उनले कर चुहावट गर्ने कर्मचारी वा व्यवसायीलाई भ्रष्टाचार निवारण ऐन, अख्तियार दुरुपयोग ऐन, निजामती कर्मचारी ऐन अनुसार सरकारले कार्वाही गरिरहेको बताए ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १ : ४० बजे

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का