गाडीको ठक्करबाट बालकको मृत्यु « Khabarhub

गाडीको ठक्करबाट बालकको मृत्यु


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरामा आज बिहान गाडीको ठक्करबाट एक बालकको ज्यान गएको छ । मणिपाल शिक्षण अस्पतालका चिकित्सक विश्वदीप तिमिल्सिनाको ग ३ च ४३६ नं को गाडीले ठक्कर दिँदा पोखरा महानगरपालिका–२८ माझठाना निवासी रामकृष्ण कँडेलका तीन वर्षका छोरा संस्कारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

बिहान करीब ८.३० बजे बुबाआमासँगै मोटरसाइकलमा आएका उनलाई अस्पतालको पार्किङमा गाडीले ठक्कर दिएको थियो । त्यसलगत्तै बालकलाई अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनालगत्तै चिकित्सक र उनको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  १ : २३ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल