यी हुन् बक्स अफिसमा ‘कलंक’ फ्लप हुनुका ५ कारण « Khabarhub

यी हुन् बक्स अफिसमा ‘कलंक’ फ्लप हुनुका ५ कारण


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करण जोहरले १ सय ५० करोडको बजेटमा बनाएको फिल्म बक्स अफिसमा फ्लप भएको छ । यो फिल्मलाई समीक्षकले पनि रुचाएका थिएनन् ।

फिल्मको बारेमा नकारात्मक प्रतिक्रिया धेरै आयो । पहिलो दिन ठीकै व्यापार गरेको यो फिल्मले दोस्रो दिनबाट व्यापारमा कमाल गर्न सकेन ।

यो फिल्मको पहिलो दिनबाट नै समीक्षात्मक रुपमा नकारात्मक प्रतिक्रिया आउन थालेको थियो । फिल्ममा त्यस्तो केही पनि थिएन, जुन कुरा दर्शकले मन पराऊन् । रिलिजअघि भने यो फिल्मलाई प्रतीक्षित फिल्म भनिएको थियो । आखिर किन चलेन त यो फिल्म ? यी हुन् फिल्म नचल्नुका पाँच खास कारण:

कमजोर कथा

कुनै पनि फिल्म स्तरीय बन्न फिल्मको कहानीको ठूलो भूमिका हुने गर्छ । यो फिल्मको कहानी पनि त्यही मारमा परेको छ । फिल्म हेरिसकेपछि दर्शकमा विश्वसनीय पक्ष केही पाउँदैनन् । फिल्ममा त्यस्ता धेरै कुरा छन्, जुन कुरालाई दर्शकले रुचाएनन् । केही चरित्रले अचम्मको व्यवहार देखाइरहेका छन्, तर किन गरिरहेका छन् भन्ने थाहा हुँदैन ।

एक पतिले आफ्नो पतिलाई धेरै माया गर्छन् । तर दोस्रो पत्नीसँग पनि उनको सम्बन्ध हुन्छ । ती पतिले दोस्रो महिलालाई मन पराउँछन्, शायद उनकी प्रथम पत्नी मर्नेवाला हुन्छिन् । तर यो कुराको प्रस्तुतीकरण दर्शकलाई पच्दैन ।

स्किृनप्ले पनि कमजोर

फिल्ममा कहानी मजबूत बनाउन स्किृप्टको ठूलो भूमिका हुन्छ । तर यो फिल्ममा यस्तो हुँदैन । स्किृप्टमा चलिरहेको घटनाक्रमसँग दर्शक जोडिन सक्दैनन् । शहरको भूगोल पनि आउँदैनन् । गीतका लागि पनि ठीक परिवेश बनाइएको छैन । गोरु जुधाइका दृश्य राखिएको छ तर किन राखिएको छ भन्ने बुझ्न सकिएको छैन ।

कमजोर निर्देशन

अभिषेक वर्मनले दर्शकलाई महंगो सेट, ठूलो स्टारकास्ट र शानदार सिनेमाटोग्राफीबाट रिझाउने कोशिश गरिरहेका छन् । भन्दाखेरि त यो फिल्म एउटा सुन्दर नाटक हो तर फिल्मले भावनात्मक रुपले दर्शकलाई बाँध्दैन ।

न मुख्य कलाकारको मायाले दर्शकलाई छुन्छ, न कुनै षडयन्त्रले दर्शकलाई छुन्छ । अभिषेकको यो निर्देशनमा त्यस्तो खासै केही छैन । उनले फिल्ममा उथलपुथल त देखाएका छन् तर धेरै ठाउँमा चुकेका छन् ।

अनावश्यक लम्बाइ

यो फिल्म २ घण्टा ४८ मिनेट लामो छ । फिल्म राम्रो भयो भने फिल्मको लम्बाइको खासै महत्त्व नै हुँदैन । तर ‘कलंक’ हेर्दा यस्तो लाग्छ कि, यो फिल्म कतिबेला सकिएला ।

यो फिल्म हेर्दा ६ घण्टा लामोजस्तो लाग्छ । सयम काट्न नै मुस्किल पर्छ । सम्पादकले फिल्मलाई काँटछाँट गर्नमा चुकेका छन् । धेरै दृश्य अनावश्यक लामा छन् ।

मनोरञ्जन छैन फिल्ममा

यो फिल्ममा मनोरञ्जनलाई स्थान दिइएको छैन । दर्शकले फिल्म हेर्दा मनोरञ्जन पनि चाहन्छन् । फिल्मले न हँसाउँछ, न रुवाउँछ । न त फिल्मको एक्सनले रोमाञ्चक बनाउँछ । फिल्मले दर्शकले बडो अजीबको उदासिनता ल्याइदिन्छ ।

यो फिल्मले सन्देश त दिँदैन नै । अर्कातिर मनोरञ्जन पनि दिँदैन । जसको आशमा दर्शकले फिल्मको टिकट काटून् ।

-एजेन्सी

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ५ : ५३ बजे

मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा

किएभमा रुसी आक्रमण फेरि सुरु

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज (बाँके)- लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता