१३ औं साग निर्धारित मितिमै हुन्छः सदस्य सचिव विष्ट « Khabarhub

१३ औं साग निर्धारित मितिमै हुन्छः सदस्य सचिव विष्ट


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नै हुने बताएका छन् ।

आईतबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले आगामी डिसेम्बर १ देखि १३ औँ दक्षिण एसियाली खेलकुल प्रतियोगिता शुरु हुने बताएका हुन् । डिसेम्बरमा पनि नेपालले प्रतियोगिता गर्न नसके आयोजनाको जिम्मेवारी नै गुमाउनुपर्ने र त्यसो भयो भने राष्ट्रघात हुने भन्दै भन्दै उनले सम्पुर्ण शक्ति प्रयोग गरी प्रतियोगिता सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

उनले प्रतियोगिताका लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेकाले भदौ सम्ममा सम्पुर्ण संरचना निर्माणको काम सम्पन्न हुने दाबी गरे । विगतमा पटक–पटक मिति सार्नु परेको विषयलाई लिएर प्रतियोगिताप्रति नै शंका आशंका नगर्न पनि उनले आग्रह गरे ।

क्यानमा देखिएको विवाद लामो समयसम्म जारी रहेकोमा असन्तुष्ट व्यक्त गर्दै उनले समस्या समाधान नभए शक्तिशाली नेपाल क्रिकेट बोर्ड गठन गरि क्रिकेटको विकासलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उनले आफ्नो ४ बर्षे कार्याकालको प्रगति विवरण पनि प्रस्तुत गरेका थिए । परिषद्को सदस्यसचिवका रुपमा विष्टकोे चार वर्षे कार्यकाल सोमबार सकिदै छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ४ : ०८ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर