श्रीकृष्णका ११०८ पत्नी थिए त? | Khabarhub Khabarhub

श्रीकृष्णका ११०८ पत्नी थिए त?


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज भगवान श्रीकृष्णको जन्मोत्सव अर्थात श्रीकृष्णा जन्मष्टमी । जन्मष्टमीका दिनमा सर्वत्र भगवान कृष्णको चर्चा र महिमागानका साथ पुजाआजा हुने गर्दछ । पौराणिक कथा अनुसार भगवान श्रीकृष्णका १ हजार १ सय ८ पत्नीहरु रहेको बताइन्छ । आखिर यस कुरामा कतिको सत्यता छ त ?

श्रीकृष्ण भगवानको रासलीलाका बारेमा भक्तहरु जानकार हुनुहुन्छ । जब गोकुलमा कृष्णले सबै गोपिनीका माझ एक साथ अनेक रूप धारण गरी महारास रच्नु भएको थियो। त्यहि नै रासलीला हो । पुराणका अनुसार श्रीकृष्णका १६ रानी थिए । तर महाभारतका अनुसार रुक्मणी बाहेक श्रीकृष्णका १ हजार १ सय ८ पत्नी थिए । श्रीकृष्णले रुक्मिणीको हरण गरी उनैसँग विवाह गरेका थिए । विदर्भ राज्यका राजा भीष्मककी पुत्री रुक्मणी भगवान कृष्णसँग प्रेम गर्दथिइन् ।

पुराणमा उल्लेख भए अनुसार भूमासुर नामक दानवले अमर हुनका निम्ति १६ हजार कन्याको बलि दिने निश्चय गरी तिनको अपहरण गरी कारावासमा राखेको थियो । श्रीकृष्णले ति १६ हजार कन्यालाई कारावासबाट मुक्त गरी स्वतन्त्र गरेका थिए । तर ती कन्याका परीवारले अपहरणमा परेकाले उनिहरुको चरित्रमा प्रश्न उठाउदैं अपनाएनन् ।

तब श्रीकृष्ण भगवानले १६ हजार रुपमा प्रकट भई एक साथ सबैसँग विवाह गरेका थिए । ती १६ हजार विवाहका बाहेक श्रीकृष्णको केहि प्रेम विवाहहरु पनि भएका थिए । इन्द्रप्रस्तमा पान्डवसँग भेट गर्न जादाँ श्रीकृष्णले सूर्य पुत्री कालिन्दी सहित १ सय जनासंग विवाह गरे ।

समाजबाट बहिष्कृत हुने डरले ती कन्याले श्रीकृष्णलाई पति माने पनि कृष्णले भने पत्नीका रुपमा स्वीकार नगरेको केहि कथामा उद्घृत छ । अधिकाशं पौराणिक कथा अनुसार भगवान श्रीकृष्णका ८ पत्नी मात्र थिए । जसको नाम रुक्मणि, जाम्बवन्ती, सत्यभामा, कालिन्दी, मित्रबिन्दा, सत्या, भद्रा और लक्ष्मणा थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ८ : ३४ बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो