अधिवक्ता नेपालले भने, ‘मैले वकालत गर्ने पुडासैनीलाई न्याय दिलाउन हो, रवि जीलाई जेल हाल्न होइन’ « Khabarhub

अधिवक्ता नेपालले भने, ‘मैले वकालत गर्ने पुडासैनीलाई न्याय दिलाउन हो, रवि जीलाई जेल हाल्न होइन’


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अधिवक्ता स्वागत नेपालले पत्रकार शालिकराम पुडासैनीलाई न्याय दिलाउन आफूले उनको पक्षमा वकालत गर्ने बताएका छन् । उनले थुनामा रहेका रवि लामिछानेलाई जेल हाल्न नभई पुडासैनीलाई न्याय दिलाउन आफूले उनको पक्षमा वहस पैरवी गर्न लागेको बताएका हुन् ।

पुडासैनीको पक्षमा उनीसँगै चितवनका अधिवक्ता गोपीलाल देवकोटा, कमल पाठक र जगन्नाथ भण्डारीलगायतले पैरवी गर्ने भएका हुन् । साउन २० गते चितवनको होटेल कंगारुमा झुण्डिएको अवस्थामा पत्रकार पुडासैनी फेला परेका थिए ।

सोही घटनालाई लिएर अनुसन्धानका लागि चितवन प्रहरीले रवि लामिछाने, युवराज कँडेर र अस्मिता कार्कीलाई पक्राउ गरी हिरासतमा राखेको छ । चितवन जिल्ला अदालतले लामिछानेसहित ३ जनालाई न्यायिक हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ ।

गत मंगलबार अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । यसै विषयलाई लिएर अधिवक्ता स्वागत नेपालले आफ्नो विचार सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेका छन् ।

मैले स्व. शालिकराम पुडासैनीको पक्षबाट बहस पैरवी गर्न स्वीकार गरेको रवी जीलाई जेल हाल्न होइन, स्व. पुडासैनीको देहान्त कसरी भयो भन्ने सत्य सबै वीचको बहस पैरवीबाट स्थापित गर्न हो, नेपालमा अहिलेसम्म भएका शंकाष्पद जीवनान्त्य सरह पर्दाभित्रै नरहोस् भनेर हो ।

मेरो वहस पैरवी रवी जीलाई पनि न्याय दिलाउनको लागि हो, कानुनको शासनको लागि हो । रविजी मात्र किन ? सँगै अरु पक्राउ परेका अरु साथीहरुका लागि चाहिँ चाहिँदैन न्याय ? के ती चेलीलाई न्याय चाहिँदैन जसको म्यासेजको गोप्यता सार्वजनिक गरेर उनको बाँकी जीवन पनि अप्ठ्यारो बन्दैछ ? विषय त उनीहरुवीचको च्याट म्यासेज घुमाई घुमाई सेभ गरेर एकअर्कामा डिस्सिमिनेट गरिएको चाहिँ हो ।

कसले कति कमाउँथ्यो, कसले कति कमाउँथ्यो भन्ने विषय आत्महत्या दुरुत्साहनको विषय हुन सक्दैन भनेर मैले अन्तरवार्ताहरुमा भनेको छु ।

र, उहाँको म्यासेज रवीजीले नै डिस्सिमिनेट गरेको हो भन्ने मलाई लाग्दैन भनेर पनि भनेको छु । अहिलेको सबैभन्दा मुख्य कुरा नै शालिकराम जीको जीवनान्त्यको कारण पत्ता लाग्नु नै उनको आत्मालाई, रवी जीलाई र अरु साथीहरुलाई पनि न्याय प्राप्त हुनु हो ।

त्यसैले म न्यायका लागि बहस पैरवी गर्दैछु । कसैमाथि आरोप हुने छैन । तथ्यको प्रस्तुति र मिमांसा हुने छ मेरो तर्फबाट ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ९ : १० बजे

निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने

नारायणगढ– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, कर्जा पुनर्तालिकीकरण गर्न सकिने्

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बनधी मार्गदर्शन, २०७९ परिमार्जन

इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु

काठमाडौं- इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको

पोखरामा नेपाल-भारत बैठक : आगामी एक वर्षलाई विद्युत् खरिद दर निर्धारण

पोखरा- आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार जनाको मृत्यु

काठमाडौं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको