असन्तुलित शेयर बजार : सातामा अर्ब पनि पुगेन कारोबार « Khabarhub

असन्तुलित शेयर बजार : सातामा अर्ब पनि पुगेन कारोबार


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा यस साता कूल १७३ कम्पनीको शेयर कारोबार भए पनि कारोबार रकम रु एक अर्बसमेत पुग्न सकेन । निरन्तर ओरालो लाग्दै आएको बजार यस साता पनि असन्तुलित रह्यो ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार रु ९९ करोड पाँच लाख ६७ हजार ४६३ मूल्य बराबरको ३५ लाख ७६ हजार ८४१ कित्ता शेयर कारोबार भएको छ । स्टकका अनुसार यस साता कारोवार मापक नेप्से परिसूचक ३.३४ विन्दुले बढेको छ । साताभरको कारोवारमा बजार घटबढको अवस्थामा रह्यो । मङ्गलबार बजारमा उच्च अङ्कको वृद्धि भए पनि अन्य दिन बजार सामान्य अवस्थामा रहेको स्टकले जनाएको छ ।
आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ३.१५ विन्दुले घटेर एक हजार १०९.७२ विन्दुमा पुग्यो । उक्त दिन कूल १७३ कम्पनीको आठ लाख २८ हजार ८५३ कित्ता शेयर रु २१ करोड सात लाख ३२ हजार १४७ मूल्यमा खरीद–बिक्री भए ।

यस्तै सोमबारसमेत बजार ओरालो लागेर एक हजार १०० को आसपासमा आइपुग्यो । सो दिन कारोवार मापक नेप्से परिसूचक सात दशमलव २१ विन्दुले घटेर एक हजार १०२ दशमलव ५१ विन्दुमा झर्‍यो । कूल १६१ कम्पनीको आठ लाख ७६ हजार २०८ कित्ता शेयर रु २३ करोड ४५ लाख ९४ हजार ३८१ मूल्यमा खरीद बिक्री भए ।

यस्तै मङ्गलबार भने कारोवार मापक नेप्से परिसूचक २२.४४ विन्दुले बढेर एक हजार १२४.९६ विन्दुमा पुग्यो । स्टकका अनुसार सो दिन कूल १६७ कम्पनीको सात लाख १४ हजार ८७६ कित्ता शेयर रु २१ करोड ४५ लाख ८८ हजार ६१९ मूल्यमा खरीद बिक्री भए । मङ्गलबार उच्च अङ्कले वृद्धि भएको शेयरबजार बुधबार भने पुनः घट्यो । सो दिन कारोवार मापक नेप्से परिसूचक १२।७२ विन्दुले घटेर एक हजार ११२.२३ विन्दुमा झर्‍यो ।

यस्तै साताको अन्तिम दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ८४ विन्दुले बढेर एक हजार ११३ दशमलव ०७ विन्दुमा पुग्यो । स्टकका अनुसार सो दिन १५५ कम्पनीको चार लाख ७५ हजार ७६६ कित्ता शेयर रु १६ करोड ४४ लाख ७८ हजार ६८८ मूल्यमा खरीद बिक्री भए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ४ : १२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक