क्यानडा र अमेरिकाबाट लागुऔषध भित्र्याउने तीन जना पक्राउ « Khabarhub

क्यानडा र अमेरिकाबाट लागुऔषध भित्र्याउने तीन जना पक्राउ


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिबन्धित लागूऔषध गाँजा र चरेश सहित तीन जनलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा फ्लाइ दुबई एयरको एयरकार्गो मार्फत काठमाडौं भित्र्याइएको गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक घर भएका अच्युत त्रिपाठी, राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डे रहेका छन् । उनीहरुका साथबाट ७ किलो चरेश र ६ किलो ४ सय ग्राम गाँजा बरामद् भएको ब्यूरोका प्रमुख डीआइजी दिनेश अमात्यले बताए ।

प्रहरीका अनुसार, राजेन्द्र र सुरेन्द्र क्यानडा तथा अमेरिकाबाट लागूऔषध नेपाल भित्र्याउने मुख्य कारोबारी रहेको खुलेको छ ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ६ : १० बजे

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक

जुम्लाको सिँजामा पुग्यो नेपाल टेलिकमको फोर-जी सेवा

काठमाडौं– नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल

भृकुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउने तयारी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार