आठौँ खेलकूदको समापन आज–  नेपाली खेलकूदको युग परिवर्तन भएको दाबी « Khabarhub

आठौँ खेलकूदको समापन आज–  नेपाली खेलकूदको युग परिवर्तन भएको दाबी


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता ऐतिहासिक रुपमा आज सम्पन्न हुँदैछ । पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार र खेल समावेशका आधारले आठौँ प्रतियोगितासँगै नेपाली खेलकूद नयाँ युगमा प्रवेश गरेको छ ।

राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्य–सचिव केशवकुमार विष्टले आफ्नै पूर्वाधारमा पहिलोपटक प्रतियोगिता गर्न सफल भएकाले ऐतिहासिक भएको बताएका छन् । “सीमित साधनस्रोतका बीचमा हामीले आफ्नै पूर्वाधारमा विवादरहित ढङ्गले हामीले प्रतियोगिता सम्पन्न गर्दैछौं”, उनले भने, “आठौँको भव्य उद्घाटन समारोह, अत्याधुनिक भौतिक पूर्वाधार र खेलाडीको उत्साह हेर्दा नेपाली खेलकूद नयाँ युगमा प्रवेश गरेको छ ।”

प्रतियोगिता विभिन्न ठाउँमा गर्दा खेलाडीलाई केही असहज भएता पनि राष्ट्रिय खेलकूदका अवसरमा पहिलोपटक प्रदेश नं ५ का विभिन्न जिल्लामा धेरै खेलकूदका पूर्वाधार बन्न सकेको उनले बताए। प्रदेश खेलकूद विकास समिति अध्यक्ष भीम वलीले प्रतियोगिताले नेपाली खेलकूदलाई नयाँ युगमा प्रवेश गराएको दाबी गरे ।

“खेलकूद परम्परा र संस्कृति जगेर्नाको रुपमा मात्र खेलिँदै आएको थियो”, उनले भने “तर हामीले करोडौँको भौतिक पूर्वाधार निर्माण गरैर साँच्चिकै नेपाली खेलकूदको युग परिवर्तन गर्न सफल भएका छौं ।” उनले काठमाडौंमा समेत खेलकूदका भौतिक पूर्वाधार नभएको अवस्थामा प्रदेश नं ५ मा खेलकूदका लागि आधुनिक पूर्वाधार तयार गरिएको जानकारी गराए ।

नेपालगञ्ज रङ्गशालामा बनेको अत्याधुनिक भीआइपी प्यारापिट, रङ्गशालामा नै वर्मुडा दुवै अन्तर्राष्ट्रिय मापदण्डका फुटबल मैदान, पौडीपोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज र एथलेटिक्स ट्र्याक र जुडोहल निर्माण भएका छन् भने बाँकेकै कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खजुरामा भलिबल रङ्गशाला निर्माण भएका छन् ।

बाँकेसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र केही प्रतियोगिता काठमाडाँै, ललितपुर र पोखरामा भएको प्रतियोगितामा ३५ खेलमा करीब पाँच हजार खेलाडीको सहभागी भएका थिए । उपराष्ट्रपति नन्दबहादुर पुनले आज साँझ भव्य समारोहका बीच नेपालगञ्जस्थित रङ्गशालामा समापन गर्ने कार्यक्रम रहेको प्रदेश खेलकूद विकास समितिका अध्यक्ष वलीले जानकारी दिए।

गत चैत २७ गतेबाट खेल शुरु गरिए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रङ्गशालामा भव्य समारोहका बीच गरेकी थिइन् ।समापन समारोहमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र जनप्रतिनिधिलगायतको सहभागिता हुनेछ । प्रतियोगिताको अन्तिम दिन आज फुटबल, भलिबल र पौडीका मात्र फाइनल खेल हुनेछन् ।

फुटबलको फाइनलमा नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । यस्तै भलिबलतर्फको खेलमा पुरुषतर्फ नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लब तथा महिलातर्फ प्रदेश नं ३ र सशस्त्र प्रहरीको एपिएफ फाइनलमा प्रवेश गरेका छन् ।

समापन समारोहमा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता गर्ने प्रदेशलाई प्रतियोगिताको झण्डा हस्तान्तरण गरिने प्रदेश खेलकूद विकास समिति अध्यक्ष वलीले जानकारी गराए । उनका अनुसार, समापन समारोहका लागि दिउँसो दुई २ः०० बाटै सर्वसाधारणका लागि प्रवेशद्वार खुला गरिनेछ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ११ : ४८ बजे

बङ्गलादेशका प्रधानमन्त्री रहमानको ५० सदस्यीय मन्त्रिपरिषद् घोषणा

ढाका– भारी चुनावी विजयपछि बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले ५० सदस्यीय

सलमान खानका पिता सलीम खान भेन्टिलेटरमा

काठमाडौं– बलिउड अभिनेता सलमान खानका पिता, प्रसिद्ध कथा–पटकथा लेखक सलीम

भोजपुरमा चुनावी गस्तीमा निस्केको सेनाको टोली सवार बस दुर्घटना, ११ जना घाइते

भोजपुर- भोजपुरमा फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको

दोस्रो कार्यकालमा ताकाइचीको कडा एजेन्डा

एजेन्सी– भारी मतान्तरसहितको चुनावी विजयपछि साने ताकाइची बुधबार पुनः जापानको

गगन थापाले भने : धेरैपटक अवसर पाउँदा सदुपयोग गरेनौँ, अबको पाँच वर्ष राष्ट्र निर्माणमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष