पौडीकी गौरीका एक्लैले जितिन् एक दर्जन स्वर्ण « Khabarhub

पौडीकी गौरीका एक्लैले जितिन् एक दर्जन स्वर्ण


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बाँके– आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत पौडीकी गौरीका सिंहले १२ स्वर्ण पदक जितेकी छिन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितेकी छिन् ।

मंगलबारसम्म उनले ८ स्वर्ण जितेकी थिइन् ।  गौरीकाले ५० मिटर फ्रिस्टाइल २७ दशमलव ५९ सेकेण्डमा पूरा गरिन् । यस अघि उनले सो दूरी २७ दशमलव ८१ सेकेण्डमा पूरा गरेकी थिइन् ।

यस्तै एक सय मिटर ब्याकस्ट्रोकमा उनले नयाँ राष्ट्रिय कीर्तिमानका साथ स्वर्ण पदक जितेकी हुन् ।

उनले सो दूरी एक मिनेट आठ दशमलव ६२ सेकेण्डमा पूरा गरिन् । यस अघि गौरीकाले सो दूरी एक मिनेट नौ दशमलव ३० सेकेण्डमा पूरा गरेकी थिइन् ।

गौरीकाले महिला दुई सय मिटर व्यक्तिगत मिड्लेमा आफ्नै नाममा रहेको दुई मिनेट ३२ दशमलव ५१ सेकेण्डको रेकर्डमा सुधार गर्दै सो दूरी दुई मिनेट ३२ सेकण्डमा पूरा गरेकी हुन् । यस्तै उनले महिला चार गुणा एक सय मिटर रिलेमा समेत स्वर्ण पदक जितेकी हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ७ : ०७ बजे

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

आज २०८३ साल भदौ २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार