गृहमन्त्रीद्वारा विपद्‌बारे जानकारी, १ सय ८ जनाको मृत्यु ३३ बेपत्ता « Khabarhub

गृहमन्त्रीद्वारा विपद्‌बारे जानकारी, १ सय ८ जनाको मृत्यु ३३ बेपत्ता


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले यस वर्षको बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक प्रकोपबाट मुलुकभर १ सय ८ जनाको मृत्यु भएको जानकारी गराएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले गुल्मी, रौतहट सिरहा, ललितपुर लगायत ३५ जिल्ला बढी प्रभावित भएको जनाउँदै अहिलेसम्म १ सय ८ जनाको मृत्यु, ३३ बेपत्ता र ४६ घाइते भएको जानकारी दिएका हुन् ।

गृहमन्त्री थापाले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार र पुनस्थापनाको कामलाई प्रभावकारी बनाउन तीनै तहको सरकार क्रियाशील रहेको बताए । गृहमन्त्री थापाले बुधबार जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा पीडितलाई राहत, उद्धार र बसोबासको व्यवस्था गर्न सम्बन्धित निकायलाई परिचालन गरिएको पनि स्पष्ट पारे ।

उनले मनसुनी वर्षा अझै हुने भएकाले उच्च सतर्कता अपनाउन पनि सर्वसाधारणलाई अपिल गरे । गृहमन्त्री थापाले पीडितलाई राहत दिने तथा सो घटनामा परी मृतक भएकाका परिवारलाई जिल्ला दैवी प्रकोष कोषमार्फत् १ लाख वितरण गर्न सुरु गरिएको पनि बताए ।

गृहमन्त्री थापाले पीडितको बसोबासका व्यवस्थाका लागि आवश्यक तथ्यांक संकलनको काम पनि सुरु गरिएको पनि बताए । उनले सो घटनामा परी घाईते भएकाहरुको उपचारको व्यवस्था गरिएको, वेपत्ताहरुको खोजी कार्यलाई तीव्रता दिइएको, राष्ट्रिय/अन्तराष्ट्रिय स्वयमसेवी संस्थाहरुलाई पनि सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पीडितलाई राहत र उद्धार गर्न अनुमति दिइएको समेत जानकारी दिए ।

गृहमन्त्री थापाले बाढीबाट अवरुद्ध भएका सडक, विद्युतलगायतको पुन सुचारु गराउने कामलाई पनि सरकारले अघि बढाएको बताए । उनले भारतीय पक्षका कारण भएको डुबान समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सरकार क्रियाशील रहेको पनि बताएका थिए ।

गृहमन्त्री थापाले डुबानलगायतका प्राकृतिक विपत्तिको दीर्घकाली समाधानका लागि सरकारले विपद् व्यवस्थापन प्राधिकरण बनाउने गरी कानुन निर्माणको कामलाई अघि बढाएको पनि प्रतिनिधिसभालाई स्मरण गराए ।

यसैबीच, संघीय संसदको प्रतिनिधिसभाले विपत्तिमा परी निधन भएकाहरुप्रति गहिरो शोक व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ । सभाले नागरिकको जन धनको रक्षा गर्दै उद्धार,राहत वितरण गरि पुनस्थापनाको काम गर्न विशेष प्रस्ताव मार्फत सरकारलाई निर्देशन दिएको छ ।

त्यसैगरी प्रतिनिधिसभाका सांसदहरुले बाढी, पहिरो र डुबान पीडितहरुको राहतका लागि एक दिनको तलव प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि प्रतिनिधिसभाको बैठकले गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ९ : १० बजे

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट

काभ्रेपलाञ्चोक– काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा

हराभरा चक्रपथको सानेपा क्षेत्र (फोटो फिचर)

ललितपुर – काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको

एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

लुम्बिनी – रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ