मेहनत गर्न सके काठलाई कुँदेर पैसा फलाउन सकिन्छ | Khabarhub Khabarhub

मेहनत गर्न सके काठलाई कुँदेर पैसा फलाउन सकिन्छ



काठमाडौं–भदौको चर्को घाम । हसिँलो मुहार, अनुहारमा चिटचिट पसिना । हातमा हम्मर अलि साबेल लिएर काठमा बुट्टा बनाउँदै थिइन् ललिता बानियाँ । ललितपुरस्थित एउटा घरको भुँइतलामा काम गरिरहेकी ललिताले अनुहार छोप्ने गरी शीरमा फेटा गुथेकी थिइन् । ‘सडकको धुलो भित्र आउने र काठमा हम्मरले ठोक्दा कहिलेकाहीँ काठको टुक्रा उफ्रेर अनुहारमा लाग्ने भएकाले फेटा बाधेको सुनाउँदै थिइन् ।

त्यहाँको दृश्य हेख्दा काम गर्नेलाई मात्र होइन हेर्नेलाई पनि गज्जबको महशुस हुन्थ्यो । ललिताको वरीपरी अन्य केही महिलाहरु पनि थिए । महिलाहरु जोश र जाँगरका साथ काम गरिरहेका थिए ।

उनीहरु एकआपसमा कुराकानी गर्दै, हास्दैँ, मिलीजुली काम गरिरहेका थिए । त्यहाँभित्रको माहोल नै बेग्लै थियो ।

लामो समयको अनुभवले र निरन्तरताले आफुलाई काष्ठकला प्रेमी भन्न रुचाउँछिन् ललिता । ‘१३ वर्ष काठसँगै खेल्दै बितिसकेछ’ उनले हाँस्दै भनिन् । हिजो जस्तै लाग्छ काम गर्न थालेको उनले थपिन् ।

काम गर्न पनि हतारो थियो उनलाई बेलाबेला टक टक पनि पार्दै थिइन् । हेर्दा रमाइलो लाग्छ र सुन्दा पनि । तर काठमा चित्र कोर्ने काम सजिलो भने छैन । त्यसो त काठमा बिताएको लामो समयले ललितालाई काठको काम जस्तो सजिलो केही छैन् झै अनुभव हुन थालिसक्यो ।

‘सजिलो त के काम हुन्छ र ? तर लगाव भयो भने जस्तासुकै गाह्रो काम पनि सजिला बन्दै जान्छन्’ मुस्कुराउँदै उनले भनिन् ‘दृढ इच्छा शक्ति चाहिँ चाहिन्छ’ ।

उनी काठबाट निकै आकर्षक बुट्टा कुद्छिन । आफुले काठमा कुँदेका बुट्टा सबैले मन पराइदिँदा निकै गर्व लाग्ने उनी सुनाइन् । ‘मैले कुँदेका झ्याल ढोकाहरु विदेशसम्म पुगेका छन् नि’ फुरुङ्ग हुँदै उनले भनिन् ।

‘यहाँ हामी महिला दिदिबहिनीहरु बढि छौं, सबै एकआपसमा मिलेर कालीगढ बनाउछौं’ ललिताले खबरहबसँग सुनाइन् ‘हामीले बनाएका कालीगढ राष्ट्रपति भवनमा पुगेका छन्, साथै अमेरिका अष्ट्रेलियासम्म पुगेका छन् ।’

बाल्यकालदेखि कै चित्रकला मोह

झ्यालढोकामा आकर्षक बुट्टा कुद्ने ललिता वि.स. २०४२ सालमा उदयपुर गाइघाटमा जन्मिइन् । सामान्य परिवार जन्मिएकी ललिता बाल्यकालदेखि नै चञ्चले स्वभावकी थिइन् ।

खेल्न, नाँच्न र चित्र कोर्न रुचि राख्थिन् उनी । परिवारकी माइली छोरी थिइन् ललिता ।

गाउँघरमा कृषि पेशा गर्थे उनको परिवारले । गाउँकै एक सरकारी विद्यालयमा पढ्नि उनले । सानोमा ठूलो भएपछि के बन्ने भन्ने कुरा उनले कहिल्यै सोचिनन् । भन्छिन्, ‘सबैले डाक्टर, नर्स, इन्जिनियर बन्ने सपना राख्छन् नि तर मलाई त्यस्तो सोच कहिल्यै आएन।’

सानी छँदा कपीमा राम्रा—राम्रा चित्र कोर्थिन् ललिता । स्कुले जीवनमा चित्र कारेरै प्रथम भई पुरस्कृत पनि भएकी थिइन् ।

काठमाडौं आएर काम खोज्दै हिँड्दा

ललिताको परिवारको आर्थिक अवस्था न्यून थियो । उनी एसएलसी दिएर काठमाडौं त आइन् तर अध्ययनका शिलशिलामा होइन् । ‘पढ्ने इच्छा पनि खासै थिएन’ उनले लजाउँदै सुनाइन् ‘बरु काम गर्छु सोचेकी थिएँ ।’

‘बाहिरबाट हेर्नेले काठमाडौंलाई बुझ्दैनन्, तर त्यहाँ प्रवेश गरेपछि थाहा हुन्छ दुःख’ उनी विगत सम्झन थालिन् ‘म त्यतिबेला कामको खोजीमा निकै हिडे, तर भनेजस्तो काम पाइन’ ।

काठमाडौं प्रवेश गरेसँगै काम पाउन निकै गाह्रो अनुभव ललिताको मात्र होइन अन्य थुप्रै मानिसहरुको छ । तर, काम गर्ने इच्छा र हिम्मत बोकेकाहरु आफै रोजगारी खोज्दै हिडिरहेका पनि छन् ।

यसरी शुरु भयो काठसँगको मित्रता

सातदोवाटोका सडकमा हिडिरहेको त्यो दिन उनका लागि नयाँ गन्तव्य बन्यो । कुरा आजभन्दा १३ वर्ष अघिको हो । ‘म लगनखेलमै आफन्तकोमा बस्थेँ, बाहिरतिर निस्कने क्रममा ललितपुरको औद्योगिक क्षेत्र हुँदै हिडिरहेको थिएँ’ विगत सुनाउँदै उनले भनिन् ।

‘यही ठाउँमा दिदीहरु कालीगढ बनाइरहेको दृश्य देखेँ’ उनले भनिन्, ‘त्यो दृश्य निकै बेर नियालेँ’ । ललितालाई ती दिदीहरुले जस्तै काठको काम गर्न मन लाग्यो । उनी घरको डेरामा पुगिन् । तर उनको मनमा त्यही कुरा बारम्बार खेल्न थाल्यो र आँखामा दिउसोको दृश्य ।

उनले सोचिन्, ‘मैले पनि सिकेँ भने सजिलै गर्न सक्छु।’ उनले जहाँ दृश्य देखेकी थिइन् त्यही पुगिन् र सिधै साहुलाई भेटिन् । ‘काम गर्ने इच्छाशक्ति देखेर साहु पनि निकै हर्षित भएका थिए’ कुराकानीका क्रममा उनले भनिन् ‘मानिसहरु काम नगरी बिग्रिएर हिँड्छन् तपाई काम खोज्दै आइपुग्नुभएछ ।’

साहुको यो प्रतिक्रियाले उनलाई झनै फुरुङग् बनाइदियो । त्यही दिनबाट उनले काम सिक्न थालिन् । ‘पहिले पनि चित्रहरु कोर्थे त्यसैले होला मलाई सजिलो हुन्छ काठमा बुट्टा कुद्न झैँ लाग्थ्यो’ उनले् सुनाइन्, ‘सबैजना सहयोगी हुनुहुन्थ्यो, काम गर्न चाहनेहरुलाई दिदीहरुले पनि सिकाइदिनुहुन्थ्यो।’

शुरु शुरुमा अलि गाह्रो हुन्थ्यो, हात बसेपछि त्यस्तो भएन उनले ती क्षदिन सम्झदै भनिन्, कहिलेकाँही थोरै बुट्टा काट्छु भन्दा ठुलो टुक्रा उछिटिन्छ, त्यो बेला सकेसम्म गमको प्रयोग पनि गर्थे।’

उनलाई काष्ठकलाको कामले सफलता मिल्दै गयो । ६ महिनापछि आकारविहीन काठलाई सुन्दर बनाउन थालिन् । काठलाई कुँदेर मूर्ति पनि बनाउछिन् उनी । झ्याल ढोकामा प्रयोग गरिने कालीगढ बनाउदै गइन् । त्यति मात्रा होइन खुसीको कुरा उनलाई साहुले तलव पनि दिना थाल्यो । कुराकानीका क्रममा ललिताको अनुहार निकै खुसी देखिन्थ्यो ।

श्रीमान पनि काठमै रमाउँछन्

वि.स. २०५७ सालमा वैवाहिक सम्बनधमा बाधिइन् उनी । उदयपुरमै उनको विवाह भयो । विवाह पछि भने उनी काठमाडौंमा बस्न थालिन् । उनका श्रीमान पनि काष्ठकलाकै काम गर्छन् ।

वैवहिक सम्बन्धमा बाँधिएपछि पनि कयौँ बाधा नआएका होइनन् । केही वर्षमै उनले छोरी जन्माइन् । करिब २ वर्ष घरमा आराम पनि गरिन् । त्यसपछि पुनः काठमै रमाउन फर्किन् ।

अहिले उनका एक छोरी र एक छोरा छन् । छोरी १२ कक्षामा होटल म्यानेजमेन्ट अध्ययन गरिरहेकी छिन् भने छोरा नर्सरीमा ।

ललितालाई काठमा रमाउन उनका श्रीमानले अझ प्रोत्साहन दिने गर्छन् ।

कालीगढ बनाउने काममा महिला

ललितपुरका थुप्रै स्थानमा कालीगढ बनाउनेहरु भेटिन्छन् । धेरैजसो पुरुष नै संलग्न हुन्छन् यो पेशामा । झट्ट हेर्दा पनि पुरुषहरु ध्यानपूर्वक काठमा बुट्टा कुद्दै देखिन्छन् भने महिलाहरु सामान्य फोटो फ्रेम, काठमा खाक्सी लगाउने कामतिर लागेको धेरै स्थानमा देखिन्छ ।

तर, महिलाले पनि आँट गरेमा पुरुषसरह काम गर्न सक्छन् भन्ने उदाहरण ललिताबाट पाउन सकिन्छ । उनी यस क्षेत्रमा अन्य महिलालाई पनि आउन प्रेरित गर्छिन् । ‘हिजोको दिनमा सडकबाट दृश्य देखेको भरमा म काष्ठकलामा रमाउन आएँ’ भन्छिन्, सिक्दै गर्ने हो इच्छा हुनेहरु यो क्षेत्रमा आउन सक्नुहुनेछ, काम कठिन र असहज भन्ने हुदैँन गर्दै गएपछि जतिसुकै कठिन पनि सहज बन्दै जान्छ।’

‘यसरी काठलाई कुँदेर बनाइएको झ्यालढोकाको माग विश्वबजामा छ अहिले’ अन्तमा उनले भनिन्, ‘गर्न सकेमा आम्दानी पनि राम्रो हुन्छ।’

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ९ : ०९ बजे

बारको चुनावमा डीएलए र पीपीएलएको गठबन्धन

काठमाडौं – नेपाल बार एशोसिएशनको निर्वाचनमा नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन,

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

सर्लाही – आज हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक

विकास योजनालाई समयमै सम्पन्न गर्न पूर्वमन्त्री शर्माको आग्रह

दाङ – पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास योजनालाई

जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सामूहिक सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले पारेको

लिबियाले १७७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठायो

त्रिपोली – लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले १७७ गैरकानुनी आप्रवासीलाई