आगामी तीन दिन हल्का वर्षाको सम्भावना « Khabarhub

आगामी तीन दिन हल्का वर्षाको सम्भावना


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरब सागर तथा बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली साथै पश्चिमी वायुको प्रभावको कारणले नेपालको मौसममा बदलि आएको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण देशको पश्चिमी भूभागमा आंशिक बदलि तथा मध्य र पूर्वी भूभागमा सामान्य बदलि रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक ०७ गते (बिहिबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडी भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ।

राति: देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ।

कार्तिक ०८ गते (शुक्रबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

राति: देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ।

कार्तिक ०९ गते (शनिबार )

दिउँसो : देशभर आंसिक देखि सामान्य बदलि रही पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंसिक देखि सामान्य बदलि रही पहाडि भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ ।

पहाडि भू-भागमा हल्का वर्षाको सम्भावना तथा बिहानीपख भिजिबिलिटी कम हुने सम्भावना रहेकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ६ : ५९ बजे

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक

डीडीसीको बजार पहिलोपटक दुबईमा विस्तार, ६ सय किलो घ्यू पठाइँदै 

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू