अनमोलले नभ्याएपछि सुहानालाई लिएर ‘ए मेरो हजुर ४’ बनाउँदै झरना « Khabarhub

अनमोलले नभ्याएपछि सुहानालाई लिएर ‘ए मेरो हजुर ४’ बनाउँदै झरना


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘ए मेरो हजुर ४’ निर्माण हुने भएको छ । यसअघि ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ निर्देशन गरेर चर्चा कमाएकी निर्देशक झरना थापाले ‘ए मेरो हजुर ४’ मा सुहानाको जोडी खोजी भइरहेको बताएकी छिन् ।

‘हामीले यतिबेला यही फिल्मका लागि काम गरिरहेका छौँ, केही हप्तामा अभिनेता को रहने भन्नेमा टुङ्गो लगाउँछौँ,’ झरनाले खबरहबसँग भनिन्, ‘फिल्मको स्किृप्टमा काम चलिरहेको छ, नायिका भने सुहाना नै हुन्छिन् ।’

चलचित्र ‘ए मेरो हजुर ३’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी सुहाना थापालाई पुनः होम प्रोडक्सनको ब्यानरमा दर्शकले देख्न पाउने भएका छन् ।

‘हामी यो फिल्मबाट भन्दा पनि ‘भागवत गीता’ निर्माण गर्ने योजनामा थियौँ, तर अनमोल केसीको समय नमिल्दा हामीले यो चलचित्र पहिले बनाउने भयौँ,’ झरनाले भनिन् ।

चलचित्र ‘भागवत गीता’ मा भने दर्शकले अनमोल केसी र सुहाना थापाको जोडी रहने पहिले नै कुरा भएको थियो । यता अनमोल अन्य फिल्ममा व्यस्त भएपछि झरना ‘ए मेरो हजुर ४’ मा जुटेकी हुन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ११ : २५ बजे

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको