भ्रमण वर्षलाई लक्षित गरी सम्पदा पदयात्रा शुरु हुँदै « Khabarhub

भ्रमण वर्षलाई लक्षित गरी सम्पदा पदयात्रा शुरु हुँदै


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदाहरुमा पदयात्रा गरिने भएको छ ।

बेटर नेपालको पहलमा हुन लागेको पदयात्रामा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, युवा, विद्यार्थी, कलाकार र सामाजिक अभियानकर्मी सहभागी हुने छन् ।

सरकारले गर्न लागेको अभियानमा सहयोग पु¥याउने हेतुसाथ पदयात्रा गर्न लागिएको अयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । बेटर नेपालका अध्यक्ष माला खरेलले पुस १२ गतेदेखि पदयात्रा शुरु गरिने जानकारी दिइन् ।

पशुपति मन्दिरबाट शुरु गरिने पदयात्रा वसन्तपुर दरबारसम्म पु¥याइने छ । पुस १९ गते माइतीघर मण्डलदेखि स्वयम्भू स्तूपमा पुग्ने कार्यक्रम छ ।

यस्तै पुस २६ गते पाटनढोकादेखि पाटन कृष्णमन्दिरसम्म र माघ ४ गते नयाँ ठिमी शङ्खधरचोकबाट भक्तपुर दरबार परिसरसम्म पदयात्रा गर्ने कार्यक्रम छ । खेलकूदको माध्यमबाट नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्नका लागि सो दिन अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धरलाई सहभागी गराइने छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १० : २५ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको