अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम शुरु « Khabarhub

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम शुरु


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम बुधबारदेखि शुरु भएको छ । डोजर र ग्रेडरले मैदानको मुख्य ठाउँ सम्याउन शुरु गरिएको हो ।

मैदानमा पिच निर्माणको प्रारम्भिक काम गर्न नेपालका क्युरेटर कोमल पाण्डेले माटोको प्रकृतिबारे जाँच गरेका छन् । उनका अनुसार रङ्गशाला निर्माण हुन लागेको ठाउँको माटो क्रिकेट पिच निर्माण गर्न उपयुक्त छ । “पिच निर्माण गर्न पानी सोस्न सक्ने माटो चाहिन्छ”, उनले भने,“यहाँको माटोमा त्यो गुण भेटियो । माटो तत्काल फिलिङ गर्नुपर्ने देखिएन् । पिचका लागि थप माटो चाहिए तनहुँबाट ल्याउनुपर्छ ।”

उनले केही दिनसम्म चितवनमा नै बसेर रङ्गशालामा बन्ने क्रिकेट पिचका प्रारम्भिक काम अघि बढाउनु हुनेछ । क्युरेटर पाण्डेले वर्षा अगाडि नै पिचसम्बन्धी आधारभूत संरचना बनाई सक्नुपर्ने बताए ।

रङ्गशालाको मैदानभित्र बन्न लागेको संरचनामा पर्ने रुखलाई काट्नुपर्ने भएकाले रुख कटानका लागि रामपुर कृषि क्याम्पसलाई पत्रचार गर्न लागिएको साइट इञ्चार्ज अर्जुन भुसालले जानकारी दिए ।

रङ्गशालाको अन्य संरचनाको डिपिआर करीब बनिसकेको छ भने मूल रङ्गशालाको डिपिआर बन्ने अन्तिम चरणमा रहेको धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए । उनका अनुसार डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कन (इएआई) को काम सँगसँगै बढाइएको छ ।

रङ्गशाला बन्ने क्षेत्रलाई जस्ताले बार्ने काम, रङ्गशाला निर्माण कार्यालय भवन, कर्मचारी आवासगृह, गोदाम घर, सुरक्षाकर्मी घरलगायतका आवश्यक संरचना निर्माण भइसकेका छन् । रङ्गशाला निर्माण गर्न हालसम्म करीब रु ८० लाखको खर्च भएको छ ।

जेठ महिनासम्ममा रु ५० करोड सङ्कलन गरी आवश्यक निर्माण सामग्री जम्मा गर्ने तयारी भइरहेको फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए । हालसम्म रु छ करोड सङ्कलन भएको फाउण्डेसनले जनाएको छ । कट्टेलले आर्थिक सहयोगका लागि देशभर अभियान शुरु गरिने बताए ।

आगामी भदौमा निर्माणको शिलान्यास गर्ने योजना रहेको फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए । नागरिकको सहयोगमा निर्माण गर्न लागिएको रङ्गशालाको निर्माणमा रु तीन अर्ब लाग्ने धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ । अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयको २० बिघा छ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ५ : १३ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,