गर्भावस्थामा भुलेर पनि खानुहुँदैन यी ७ खानेकुरा « Khabarhub

गर्भावस्थामा भुलेर पनि खानुहुँदैन यी ७ खानेकुरा


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गर्भवस्थाको बेला धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । गर्भवती भएदेखि नै उसको हेरचाहका लागि मानिसहरुले विभिन्न औषधिउपचारमा जुट्छन् । महिलाको स्याहार गर्न तल्लिन हुन्छन् ।

कोही डाक्टरको परामर्श लिएर महिलाको स्याहारमा जुटेका हुन्छन् भने कोही समाजमा भएका केही भ्रमलाई यथार्थ मान्दै त्यसैको पछि दौडिरहेका पनि हुन्छन् । यो अवस्थामा खानपानदेखि लगाउने कुरासम्ममा लापरबाही गर्दा गर्भपतन हुने सम्भवना हुन्छ ।

खासगरी पहिलो पटक आमा हुन लागेको महिलाले त अझ बढी ध्यान दिनुपर्छ । यस्तो बेलामा फस्टफुड र फ्रोजन खाने कुरा खानुहुदैन् । धेरै दिन सम्ममा राखेको खानमा किटाणुहरु हुन्छ । किटाणुहरुले बच्चामा असर गर्छ । त्यही कारणले पनि यो अवस्था खानेकुराको बढी ध्यान दिनुपर्छ ।

गर्भवती भएको अवस्थामा खान नहुने कुराहरु

हरियो आलू – हरियो आलुमा सोलेनिन नामको एन्जाइम हुन्छ । जसको कारणले गर्भपतन हुने सम्भवना हुन्छ ।

भुईकटहर– भुईकटहरमा ब्रोमलिन हुन्छ । भुईंकटहरको जुस अत्यधिक पिउँदा प्रसव पीडा नभइरहेका महिलालाई पनि प्रसव पीडा हुने गरेको छ । त्यस कारणले सुरुवाती ३ महिनामा भुईकटहर खानु हुँदैन।

रक्सी– एक अनुसन्धानले भने अनुसार रक्सी पिउनाले धेरै जसो गर्भपतन हुने सम्भवना हुन्छ । रक्सीमा सुगरको मात्रा बढी हुने भएकोले गर्भवती महिलालाई हानी गर्छ ।

धेरै नुन – गर्भावस्थामा बढी नुन खानाले उच्च रक्तचाप हुने सम्भवना हुन्छ । साथै शरीर सुनिने पनि गर्छ ।
घ्यु कुमारी– गर्भवस्थाको बेलामा घ्यु कुमारीको प्रयोगले रक्तस्राव हुने सम्भवना हुन्छ । त्यसले यसको प्रयोग गर्नुहुँदैन ।

माछा – माछामा पारो धातुको मात्र उच्च हुन्छ । जुन सेवन गर्नाले आमा र बच्चा दुवैलाई असर गर्छ ।

अण्डा– अण्डामा साल्मेनोला स्पिसिज ब्याक्टेरिया हुन्छ । यो कुनै किसिमको इन्फेक्सनको कारण बन्न सक्छ । गर्भवस्थामा अण्डाको सेवन कम गर्नु वा गर्दै नगर्नु वेश हुन्छ । किनभने यसबाट इन्फेक्सन हुने सम्भावना वृद्धि हुनुका साथै पचाउन पनि कठिन हुन्छ । अण्डा राम्रोसँग पकाएर खानुपर्छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ९ : ३८ बजे

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स