एकान्त रुचाउने व्यक्ति बढी प्रतिभावान « Khabarhub

एकान्त रुचाउने व्यक्ति बढी प्रतिभावान


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एकान्तमा धेरै समय बस्न रुचाउने मानिसहरु बढी चिन्तन गर्छन् भनिन्छ । यसले मानिसको मानसिक अवस्थालाई असर गर्ने भन्दै मनोवैज्ञानिकहरुले एक्लै धेरै समय नबस्न र साथीभाई तथा परिवारसँग बढी समय घुलमिल गर्न सुझाव दिने गर्छन् ।

तर एक अनुसन्धानले भने फरक नतिजा देखाएको छ । अनुसन्धानअनुसार एकान्तप्रेमी व्यक्ति बढी प्रतिभावान हुन्छन् । सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटी र लन्डन स्कुल अफ इकोनोमिक्सको अनुसन्धानले उक्त नतिजा देखाएको हो ।

मनोवैज्ञानिकहरु समेत रहेको अनुसन्धान टोलीले १५ हजार जनामाथि उक्त अनुसन्धान गरेको थियो । जसमा आइक्यु बढी भएका व्यक्तिहरु बढी हल्ला हुने ठाउँमा बसेपनि उनीहरु त्यो बसाईदेखि सन्तुष्ट देखिएनन् ।

त्यस्तै अनुसन्धानमा संलग्नमध्ये धेरैजसो व्यक्तिहरु सम्बन्ध बनाउन, समाजमा घुलमिल हुन मन पराउँछन् ।

तर आइक्यु धेरै भएका, सिर्जनात्मक सोंच राख्ने व्यक्तिहरु केही समयमात्र अरुसँग या हल्लामा रहने र धेरैजसो समय एकान्तमा बस्न मन पराउँछन् ।

उनीहरुका अनुसार, एकान्तमा रहँदा तनाव कम हुन्छ, दिमाग ताजा र एकाग्र रहन्छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  २ : १४ बजे

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौं – प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको