राष्ट्र बैंकको निर्देशन अक्षरशः पालना गरः मन्त्री पोखरेल | Khabarhub Khabarhub

राष्ट्र बैंकको निर्देशन अक्षरशः पालना गरः मन्त्री पोखरेल


११ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले बैंक तथा वित्तिय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अक्षरशः पालना गर्न कडा निर्देशन दिएका छन्।
कार्यबहाक प्रधानमन्त्री पोखरेलले विपन्न वर्ग, कृषि, उर्जा र पर्यटनको क्षेत्रमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएका हुन। बैंक तथा वित्तिय संस्थाहरुले कृषि, पर्यटन र उर्जा क्षेत्रमा राष्ट्र बैंकको निर्देशन मुताविक कर्जा प्रवाह गरे÷नगरेको सरकारले कडा निगरानी राख्ने कार्यबहाक प्रधानमन्त्री पोखरेलको चेतावनी छ।
बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ५४ औं बार्षिकोत्सव कार्यक्रमलाई काठमाडौंमा उद्घाटन गर्दै उहाँले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा प्रवाह गर्न पनि सो बैंकलाई सचेत गराए। सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले वडा तहसम्म आफ्नो शाखा खोल्नुपर्ने कार्यबहाक प्रधानमन्त्री पोखरेलको भनाई छ। उनले मुलुकलाई समृद्ध बनाउने अभियानमा बैंक तथा वित्तिय संस्थाहरुले विशेष योगदान दिनुपर्ने आवश्यक्ता पनि औंल्याए।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको ६ महिनाको अवधिसम्ममा १ खर्व ८० अर्व निक्षेप संकलन गर्न सफल भएको छ भने १ खर्व ३१ अरव कर्जा लगानी गरेर १ अर्व ६१ करोड मुनाफा आर्जन गर्न गरेको छ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ९ : ११ बजे

डीआइजी शाहलाई एआइजी र ११ एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस

काठमाडौं – गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका

जिरायतमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु

सर्लाही – बागमती नगरपालिकास्थित जिरायतमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँद दुवै

आजका समाचार : गभर्नरमा विश्वनाथ पौडेल, रवि र छविको रिट हेर्दाहेर्दैमा र रूससँग सम्बन्ध सुधार्ने प्रयासमा ट्रम्प

प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत प्रतिनिधिसभाको आजको दोस्रो

चीनले अन्तरिक्षमा पठायो लङ् मार्च शृङ्खलाको यो ५७७ औँ रकेट

एजेन्सी – चीनले मङ्गलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण

भारतविरुद्ध बहादुरी देखाएको भन्दै पाकिस्तानी सेना प्रमुखलाई बनाइयो फिल्ड मार्शल

इस्लामावाद- पाकिस्तान सरकारले सेना प्रमुख जनरल आसिम मुनीरलाई फिल्ड मार्शल