कांग्रेसमा किचलो : बहुमतको निर्णयमा १२ नेताको आपत्ति « Khabarhub

कांग्रेसमा किचलो : बहुमतको निर्णयमा १२ नेताको आपत्ति


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेता रामचन्द्र पौडेलसहित १२ नेताको असहमति हुँदाहुँदै पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमितिबाट पारित पाँच प्रस्ताव पारित गरेको छ । महासमिति बैठकका सुझाव समेटेर विधान, राजनीतिक, सांगठनिक, आर्थिकसहितका प्रस्ताव केन्द्रीय समितिको आइतबारको बैठकले बहुमतका आधारमा पारित गरेको नागरिक दैनिकमा खबरछ ।

बम विस्फोट ‘आतंककारी’ गतिविधि शीर्षकको अर्को समाचारमा विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिले ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयअगाडि भएको बम विस्फोटको घटनालाई आतंककारी गतिविधि भएको बताएका छन् । सर्वसाधारणको ज्यान जानेगरी भएको विस्फोटन आतंककारी तथा आपराधिक घटना भएको उनीहरुको टिप्पणी छ । यो घटना निन्दनीय रहेको भन्दै गृहमन्त्री रामबहादुर थापाले दोषीलाई कानुनी कठघरामा ल्याइछाड्ने बताएका छन् ।

सांसदको ज्यान गएपछि सडक सुरक्षा कार्यदल शीर्षकको समाचारमा प्रदेश पाँच सरकारले सडक सुरक्षा कार्यदल बनाएको छ । यो प्रदेशमा दैनिक झण्डै दुई जना सर्वसाधारणले सडक दुर्घटनामा ज्यान गुमाउने गरेपनि प्रदेशसभा सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएपछि सडक सुरक्षा सुझाव कार्यदल गठन गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ६ : ५१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका