कांग्रेसमा किचलो : बहुमतको निर्णयमा १२ नेताको आपत्ति « Khabarhub

कांग्रेसमा किचलो : बहुमतको निर्णयमा १२ नेताको आपत्ति


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेता रामचन्द्र पौडेलसहित १२ नेताको असहमति हुँदाहुँदै पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमितिबाट पारित पाँच प्रस्ताव पारित गरेको छ । महासमिति बैठकका सुझाव समेटेर विधान, राजनीतिक, सांगठनिक, आर्थिकसहितका प्रस्ताव केन्द्रीय समितिको आइतबारको बैठकले बहुमतका आधारमा पारित गरेको नागरिक दैनिकमा खबरछ ।

बम विस्फोट ‘आतंककारी’ गतिविधि शीर्षकको अर्को समाचारमा विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिले ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयअगाडि भएको बम विस्फोटको घटनालाई आतंककारी गतिविधि भएको बताएका छन् । सर्वसाधारणको ज्यान जानेगरी भएको विस्फोटन आतंककारी तथा आपराधिक घटना भएको उनीहरुको टिप्पणी छ । यो घटना निन्दनीय रहेको भन्दै गृहमन्त्री रामबहादुर थापाले दोषीलाई कानुनी कठघरामा ल्याइछाड्ने बताएका छन् ।

सांसदको ज्यान गएपछि सडक सुरक्षा कार्यदल शीर्षकको समाचारमा प्रदेश पाँच सरकारले सडक सुरक्षा कार्यदल बनाएको छ । यो प्रदेशमा दैनिक झण्डै दुई जना सर्वसाधारणले सडक दुर्घटनामा ज्यान गुमाउने गरेपनि प्रदेशसभा सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएपछि सडक सुरक्षा सुझाव कार्यदल गठन गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ६ : ५१ बजे

आजको मौसम पूर्वानुमान : उच्च पहाडमा हिमपात र वर्षा, कुन प्रदेशको अवस्था के छ ?

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ