‘यात्रा’ को ट्रेलरमा सलिनमानको एक्सन र रोमान्स « Khabarhub

‘यात्रा’ को ट्रेलरमा सलिनमानको एक्सन र रोमान्स


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र २९ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले काठमाडौंको दरबारमार्गस्थित क्युज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक ग–यो ।

ट्रेलरलाई ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमा पनि हेर्न सकिन्छ ।

फिल्मको ट्रेलरमा कमेडी एक्सन र एडभेन्चरलाई समेटिएको छ । फिल्मको ट्रेलर हेरेर दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । ट्रेलरमा डेब्यु अभिनेत्री मलिका महतलाई एक गायिकाका रुपमा देखाइएको छ । कथाका अनुसार उनी आँखा देख्दिनन् तर स्वरका माध्यमबाट सबैको ध्यान तान्छिन् ।

यस्तै फिल्ममा सलिनमान बनियाँलाई एक्सन अवतारमा समेत देखाइएको छ ।

सलिनमान र मलिकाका अतिरिक्त फिल्ममा सलोन बस्नेत, रियर राई, प्रेक्षा बज्राचार्य, जाहन्वी बस्नेत, विशाल कटुवाल, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । नयाँ वर्षको मौका पारेर रिलिज हुन लागेको यो फिल्मले रिलिजपूर्व राम्रो हाइप बनाएको छ ।

फिल्ममा बनिष शाहको सम्पादन, सुशील पोखरेलको लगानी, निर्देशक शाक्यको कथा, स्किृप्ट र निर्देशन रहेको छ भने सञ्जय लामाको डीओपी छ ।

फिल्ममा सोलुखुम्बुका विभिन्न रमणीय ठाउँहरु पनि हेर्न पाइनेछ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १० : १६ बजे

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने