वार्षिक छ अर्बको सौन्दर्यजन्य सामग्री आयात « Khabarhub

वार्षिक छ अर्बको सौन्दर्यजन्य सामग्री आयात


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सौन्दर्य तथा ‘कस्मेटिक’ व्यवसायका क्षेत्रमा वार्षिक करिब रु छ अर्बको सामग्री आयात हुने गरेको छ ।

आगामी मङ्सिर ५ देखि ८ गतेसम्म गर्न लागेको ‘हेल्थ एण्ड ब्युटी एक्स्पो’ का बारे जानकारी दिन ब्राण्डवर्थ प्राइभेट लिमिटेडले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

सङ्घका अध्यक्ष कमला श्रेष्ठले पछिल्लो समय बजारमा कमसल तथा न्यून गुणस्तरका सौन्दर्य सामग्रीको आयात र कारोवार बढ्दै गएकाले त्यसले छाला बिगार्ने, रोग लाग्न सक्ने हुँदा त्यसतर्फ सचेत हुनुपर्ने बताए ।

डा आयुषमान घिमिरेले सरकारले बजारमा नियमन गरी गुणस्तरहीन सामग्रीको आयातमा रोक लगाउन माग गर्दै स्वदेशी जडीबुटीको उत्पादनमा जोड दिए । पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले मानिसहरु सौन्दर्यप्रति संवेदनशील बन्दै गएकाले जैविक विविधताले भरिएको मुलुकमा विभिन्न जडीबुटीलाई व्यावसायिकरूपमा उपयोग गर्नुपर्ने विचार व्यक्त गरिन् ।

एक्स्पोमा कस्मेटिक सामग्री, व्यावसायिक तालिम, जिम तथा फिटनेस सेन्टर, योगा तथा ध्यान केन्द्र, फेसन शोलगायत विभिन्न स्वास्थ्य संस्थाका एक सय स्टल हुने छन् । एक्स्पोमा छालासम्बन्धी विशेषज्ञद्वारा सेमिनार सञ्चालन गरिने पनि जनाइएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १० : ०२ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको