शनिवारको सपिङमा नकिन्नुस् यी ११ वस्तु, अन्यथा हुनेछ हानी « Khabarhub

शनिवारको सपिङमा नकिन्नुस् यी ११ वस्तु, अन्यथा हुनेछ हानी


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

हुनत कुनै पनि सामाग्री खरीद गर्नु आफ्नो सहजता अनुरुप हुने गर्दछ । तर ज्योतिषय हिसाबमा भने शनिवारका दिन केही वस्तुहरु किन्नलाई बर्जित गरीएको छ ।

अर्थात शनिबारका दिन केहि वस्तुहरु किन्नु हुदैन । यि वस्तु किनेर घर भित्र्याएमा शनिको प्रभावले अशुभ मानिन्छ । शनि देव प्रसन्न भएमा रंकलाई पनि राजा बनाउने रुष्ट भएमा शनिको कुदृष्टिका कारण राजालाई पनि रंक बनाउछन् ।

त्यसैले शनि देवलाई सदैव प्रसन्न राख्नुपर्छ । त्यसैले शनिबार केहि बस्तुहरु घर नल्याउन ज्तोतिषहरु सुझाव दिन्छन् । के के हुन् ति वस्तुहरु

१. काठ – शनिबारका दिन काठ वा काठका कुनै पनि सामाग्रि खरीद गर्नु हुदैन । यसलाई अशुभ मानिन्छ ।

२. सरस्युको तेल – शनिबारका दिन सरस्युको तेल दान गर्नुपर्छ तर खरीद गरेर घरमा ल्याउनु हुदैन । यसले घरमा अशान्ति भित्र्याउछ ।

३. अन्य तेल – शनिवार के दिन कुनै पनि तेल किन्नु हुदैन । ज्योतिषका अनुसार शनिबार तेल खरीद गरी घर भित्र्याए बिमारी समेत भित्रने छ ।

४. कालो सामाग्री – शनिबार बैगुन, मासको दाल, कालो तिल र मरीच किन्नु हुदैन । यि वस्तु शनिबार खरीद गरेमा घरमा नकारात्मक उर्जा बढ्ने मान्यता छ ।

५. जुत्ता वा कपडा – शनिवारको दिन कालो रंगको कपडा वा जुत्ता किन्नु हुदैन । यि वस्तु शनिबार किनेमा सञ्चित धन पनि घटेर जानेछ ।

६. विद्युतिय सामाग्रि – शनिवारको दिन कुनै पनि विद्युतिय उपकरण वा सामाग्रि किन्नु हुदैन । अन्यथा अशुभ समाचार सुनिने विश्वास गरीन्छ ।

७. फलाम – ज्योतिषका अनुसार शनिवारका दिन दान गर्नालाई बाहेक फलामका सामागि किन्नु हुदैन । अन्यथा शनि देव रीसाउने छन् ।

८. नुन – शनिवारका दिन नुन किन्नु हुदैन । शनिबार नुन किनेमा घरमा रीण बढ्ने गर्दछ ।

९. कैंची – मान्यता अनुसार शनिवार कैंची पनि खरीद गर्नुहुदैन । अन्यथा घरमा तनाव बढ्नेछ ।

१०. कुचो – हुनत घर सफा राख्न कुचो आवश्यक हुन्छ । तर शनिवार कुचोको खरदि गर्नु हानिकारक हुन्छ । यसलाई अशुभ मानिन्छ ।

११. कोइला – शनिबारका दिन कोइला किन्नु हुदैन । शनिबार कोइला किनेमा अनावश्यक विवादमा फसिने छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ४ : ४२ बजे

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा

ओली र लेखकलाई राहत दिँदा सर्वोच्चले यसरी गर्‍यो मानवीय पक्षको व्याख्या

काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश