यस्तो छ कमेडीले भरिपूर्ण ‘जात्रै जात्रा’ को ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ कमेडीले भरिपूर्ण ‘जात्रै जात्रा’ को ट्रेलर (भिडियो)


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘जात्रै जात्रा’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरलाई शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, वर्षा राउत, रविन्द्रसिंह बानियाँ लगायतका कलाकारको अभिनय रहेको फिल्मको ट्रेलरमा प्रशस्त कमेडी देख्न सकिन्छ । ट्रेलरमा सबै कलाकार सुनको पछि लागेको देख्न सकिन्छ । फिल्मका मुख्य तीन पात्रले भेट्टाएको सुनलाई उनीहरुले लुकाउन गर्ने प्रयास नै फिल्मको कथानक हो ।

यो फिल्मलाई ‘जात्रा’ को सिक्वेल पनि भनिएको छ । फिल्ममा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, प्रियंका झा लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्ममा शिवराम श्रेष्ठको छायांकन देख्न सकिन्छ ।

यस्तै फिल्ममा शंकर महर्जनको द्वन्द्व, सिंगे लामा र योगेश्वर पौडेलको निर्माता तथा मित्र डी. गुरुङको सम्पादन रहेको छ । यो चलचित्र जेठ ३ गतेबाट नेपालभर रिलिज हुँदैछ ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ९ : ०१ बजे

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित

विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

काठमाडौं– विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले दैनिक खाजा खर्च र प्रोत्साहन