५१ वर्षीय तामाङ बने सिक्कमको नयाँ मुख्यमन्त्री « Khabarhub

५१ वर्षीय तामाङ बने सिक्कमको नयाँ मुख्यमन्त्री


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गान्तोक– भारतको एक मात्र नेपाली भाषी बाहूल्य राज्य सिक्किमको नयाँ मुख्यमन्त्रीका रुपमा प्रेम सिंह तामाङ (पीएस गोले)ले नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् ।

सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ५१ वर्षीय गोलेले स्थानीय समयानुसार विहान १० बजे गभर्नर गंगा प्रसादबाट मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका हुन् ।

स्थानीय पाल्जोर रंगशालामा आयोजित मुख्यमन्त्रीको शपथ ग्रहणमा गोलेका पार्टीका कार्यकर्ता र शुभचिन्तकको बाक्लो उपस्थिति थियो ।

मुख्यमन्त्रीको शपथ ग्रहण गरेसँगै गोलेले आजै मन्त्रिपरिषद पनि विस्तार गर्ने जनाइएको छ । उनले ११ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत बिहीबार सम्पन्न विधानसभा निर्वाचनको मतगणनामा गोले नेतृत्वको एसकेएमले १७ सिट हासिल गरेको थियो । २५ विधानसभा सिट रहेको सिक्किममा यसअघि सत्तामा रहेको पवन चाम्लिङको दल सिक्किम डेमोक्र्याटिक फन्ट भने १५ सिटमा खुम्चिएको थियो ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १० : ५० बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम