आज २०७६ असार १२ गते बिहीबारको राशिफल « Khabarhub

आज २०७६ असार १२ गते बिहीबारको राशिफल


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७६ असार १२ गते बिहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।
सोही अनुसार दैनिकी कस्तो रहन्छ ? भन्ने  विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष

बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ । यात्रामा पनि अवरोधको सम्भावना, खर्च बढ्ने छ ।

बृष

आज तपाईका लागि रमाइलो दिन छ । मस्तसँग समय व्यतित गर्नुस् । मान–सम्मान मिल्नेछ । अध्ययनमा सफलता ।

मिथुन

महत्वपूर्ण निर्णय नलिनुहोस्, जोखिम बढ्ने सम्भावना छ, महिला साथीबाट टाढै रहनुहोस् । पारिवारिक समस्या हट्नेछ ।

कर्कट

सही निर्णय लिनुस् । सही निर्णयले गन्तव्यमा पुग्न सफल हुनुहुनेछ । आकस्मिक लाभ हुनेछ । नयाँ कामको अवसर ।

सिंह

पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । अध्ययनमा बाधा, चोटपटक लाग्न सक्छ ।

कन्या

राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ ।मानसिक चिन्ताले सताउनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ ।

तुला

जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । काममा सफलता मिल्नेछ । अध्ययनमा रुची ।

बृश्चिक

आजको दिन तपाईका लागि अशुभ छ । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारीको अबसर जुर्ला । धार्मिक आस्था बढ्ने ।

धनु

केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईंका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । घरायसी कलह हट्नेछ ।

मकर

पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । मौनता अपनाउनु राम्रो । आँटेको काम पूरा होला ।

कुम्भ

कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । बोलीमा प्रभाव बढ्ने ।

मीन

जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । आर्थिक क्षेत्रको विवाद समाधान होला । मित्रजनबाट धोका हुन सक्छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ५ : १९ बजे

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

एजेन्सी– मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा

‘सार्वजनिक ऋणको बारेमा जनताले थाहा पाउनुपर्छ’

सार्वजनिक ऋण भनेको सरकारको ऋण हो हामीले किन थाहा पाउनुपर्यो

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा