‘जागरण अभियानले काङ्ग्रेसभित्र थप जागरण’ « Khabarhub

‘जागरण अभियानले काङ्ग्रेसभित्र थप जागरण’


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेताहरुले जागरण अभियानले संगठनलाई अझ बलियो र प्रभावकारी बनाउँदै जनस्तरमा लैजान थप उत्साह थपेको बताएका छन् ।

पार्टीले वैशाख २५ देखि जेठ २५ सम्म देशभर सञ्चालन गरेको ‘हिमाल, पहाड, तराई–मधेस’ राष्ट्रिय जागरण अभियान’मा खटिएका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तर्क्रियाका सहभागीले अभियानले पार्टीलाई थप ऊर्जा प्रदान गरेको बताएका हुन् ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले जागरण अभियानले पार्टी संगठन विस्तारमा थप बल पुर्‍याएको बताए । “पार्टीले पहिलो चरणमा सञ्चालन गरेको जागरण अभियानले पार्टीको संगठन विस्तारमा थप बल पुर्‍याएको छ”, उनले भने ।

सभापति देउवाले विसं २०४८ पछि पार्टीले पहिलोपटक जागरण अभियान सञ्चालन गरेको बताउँदै जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिको राय सुझावलाई ग्रहण गरेर आगामी दिनमा पार्टी अगाडि बढ्ने बताए ।

पार्टीका उपसभापति विमलेन्द्र निधी, महामन्त्रीद्वय डा सशाङ्क कोइराला, पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादवलगायतले जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिले दिएको राय सुझावबारे आगामी केन्द्रीय समितिको बैठकमा छलफल गरिने बताए ।

पार्टीको संगठन विस्तारका लागि राम्रो रायसुझाव आएको भन्दै आगामी दिनमा उक्त रायसुझावलाई समावेश गरेर अगाडि बढ्ने उनीहरुको भनाइ थियो । बुधबारबाट शुरु भएको छलफल तथा अन्तक्र्रियामा बुधबार २६ तथा आज ५४ केन्द्रीय प्रतिनिधिले आफ्नो राय सुझाव प्रस्तुत गरेका थिए ।

बैठकमा पार्टीको संरचना तल्लो तहसम्म लैजानुपर्ने, पार्टीभित्रको आन्तरिक विवाद तत्काल टुङ्ग्याउनुपर्ने, सरकारको गलत क्रियाकलापलाई जनतासम्म लैजानुपर्ने लगायतका विषयमा छलफल भएको पार्टीबाट केन्द्रीय प्रतिनिधिका रुपमा गोरखा खटिनुभएका नेता रामचन्द्र पोखरेलले जानकारी दिए ।

अभियानका क्रममा कांग्रेसले एक महीनासम्म सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजारभन्दा बढी बैठक, भेला, सभा, र्‍याली, विचार–बहसलगायत कार्यक्रम गरेको थियो । पार्टीले दोस्रो चरणको जागरण अभियान भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको जागरण अभियान पुस ७ देखि १६ सम्म सञ्चालन गर्दैछ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १० : ३१ बजे

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल