‘एभेन्जर्स: इन्ड गेम’ हेर्नुपर्ने ५ कारण « Khabarhub

‘एभेन्जर्स: इन्ड गेम’ हेर्नुपर्ने ५ कारण


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


विश्वभर चर्चित बनेको हलिउड फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ को नेपालमा पनि क्रेज देखिएको छ । यो फिल्मले छिमेकी दुई देश भारत र चीनमा पनि गज्जबको व्यापार गरिरहेको छ । काठमाडौंका दर्शकमाझ फिल्मको क्रेज उत्तिकै बढिरहेको छ ।

यो फिल्म हेरेका दर्शकले फिल्मको निकै तारिफ गरिरहेका छन् । यदि तपाईंले अझै यो फिल्म हेर्न पाउनुभएको छैन भने यसकारण यो सिनेमा हेर्नुभए हुन्छः

फिल्मको जबरजस्त कथा

यो फिल्मको कथा निकै नै रोचक छ । यसमा ड्रामा, कमेडी र एक्सनका साथसाथ भरपूर इमोशन पनि छ । भावना त यतिसम्म छ कि, कसैलाई फिल्मको कथाले मनसम्म छुन्छ । कहानीमा कैयन् ‘टर्न एण्ड ट्वीस्ट’ छन्, जसले दर्शकलाई जतिबेला पनि अलर्ट रहन बाध्य बनाउँछ ।

सुपरहिरोको भरमार

फिल्ममा कैयन् सुपरहिरो छन्, फिल्ममा कैयन् सुपरहिरोलाई एकसाथ जम्मा गरिएको छ । आइरन म्यान, क्याप्टेन अमेरिका, थोर, हल्क, ब्ल्याक विडो, आन्ट म्यान, क्याप्टेन मार्भलको धमाकेदार इन्ट्री छ । रुसो ब्रदर्शले कहानीलाई कसरी अगाडि ल्याउँछन् भन्ने त धेरैलाई याद नै छ । यी दुईको काममा अझै निखारता आएको छ ।

स्पेशल इफेक्ट

फिल्ममा स्पेशल इफेक्ट कतिसम्म छ भन्ने कुरा हेरेर साध्य छैन । थ्रीडी भर्सनमा यो फिल्म अझै कमालको लाग्छ । क्लाइमेक्समा हुने दृश्यले पनि दर्शकलाई छुन्छ । फिल्मको सम्पादन र सिनेमाटोग्राफी शानदार छ । निर्देशक एन्थनी रुसो र जो रुसोले हरेक दृश्यलाई उत्कृष्ट बनाएका छन् ।

जबरजस्त निर्देशन

निर्देशक एन्थनी रुसो र जो रुसो दुवै निर्देशनमा खरो रुपमा उत्रिएका छन् । पछिल्लो फिल्मको तुलनामा यी दुई अझै अगाडि उत्रेका छन् ।

फिल्ममा कहानीका अनुसार कलाकारलाई सही तरिकाले प्रस्तुत गरिएको छ । लोकप्रियताका आधारमा स्थान दिइएको छैन । तीन घण्टाको यो फिल्म लामो भने लाग्दैन । बरु छोटो लाग्छ ।

एभेन्जर्स सिरिजको अन्तिम फिल्म

यो फिल्म एभेन्जर्स सिरिजको अन्तिम फिल्म भएकाले पनि धेरैको चासोको विषय बनेको छ । ११ वर्षदेखि चलिरहेको एभेन्जर्स सिरिज हेरिरहेका दर्शकलाई यसको अन्त्यको लामो समयदेखि प्रतीक्षा थियो । यो फिल्मले पनि दर्शकको मन जितेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ११ : ०७ बजे

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल