मानव अधिकार हनन भएका ७६१ उजुरी दर्ता « Khabarhub

मानव अधिकार हनन भएका ७६१ उजुरी दर्ता


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नेपालगञ्ज– बाँकेको नेपालगञ्जस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा चालू आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म ७ सय ६१ उजुरी परेका छन् ।

जिल्लागत तथ्याङ्क हेर्दा मानव अधिकार हननसम्बन्धी उजुरी पर्नेमा बाँके पहिलो नम्बरमा रहेको बताइएको छ ।

आयोगका अनुसार दोस्रोमा रोल्पा र तेस्रोमा बर्दिया  जिल्ला रहेका छन् चौथोमा पूर्वी रुकुम, पाँचौँमा दाङ र छैठौँमा प्यूठान रहेका छन् ।

प्रदेश नम्बर ५ का ६ जिल्लामा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयको तथ्याङ्कअनुसार बाँकेमा २८४, रोल्पामा १३२, बर्दिया १६६, पूर्वी रुकुममा ८१, दाङमा ७७ र प्यूठानमा २१ उजुरी परेका छन् ।

तथ्याङ्कअनुसार बाँकेमा नागरिक तथा राजनीतिक अधिकार हनन्सम्बन्धी बाँकेमा ९०, रोल्पामा ३५, बर्दिया १९, पूर्वी रुकुममा ५६, दाङमा २२ र प्यूठानमा नौ गरी २३१ उजुरी छन् भने यातनासम्बन्धी बाँकेमा ८२, रोल्पामा चार, बर्दियामा आठ, पूर्वी रुकुममा पाँच, दाङमा नौ र प्यूठानमा दुई गरी ११० उजुरी परेका छन् ।

आयोगको नेपालगञ्ज कार्यालयको तथ्याङ्कअनुसार बेपत्तासम्बन्धी बाँकेमा ६२, रोल्पामा १२, बर्दियामा ७६, पूर्वी रुकुममा सात, दाङमा २४ र प्यूठानमा एक गरी १८२ उजुरी छन् भने आर्थिक, सामाजिक एवं सांस्कृतिक अधिकार हनन्सम्बन्धी बाँकेमा ४३, रोल्पामा १७, बर्दिया ६०, पूर्वीरुकुममा १३, दाङमा २० र प्युठानमा आठ गरी १६१ उजुरी रहेका छन् ।

त्यस्तै बालअधिकार हनन्सम्बन्धी बाँकेमा पाँच, रोल्पामा ६३, बर्दिया तीन र दाङमा एउटा गरी ७२ उजुरी छन् भने जातीय विभेदसम्बन्धी बाँकेमा दुई, रोल्पा र प्यूठानमा १–१ गरी चार उजुरी तथा महिला हिंसासम्बन्धी दाङको एउटा उजुरी रहेको छ । आयोगले अनुसन्धान सम्पन्न गरी कारवाहीका लागि ११४ उजुरी केन्द्रीय कार्यालयमा पठाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ११ : ३३ बजे

अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन

काठमाडौं– सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट ८५ हजार

बाढीपीडितलाई गैँडाकोटको ३५ लाख सहयोग

नवलपुर– गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावितका

विपद् व्यवस्थापनमा सरकार चुकेको कुरा उठ्यो, नेपालले नसके अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिन सुझाव

काठमाडौं- रसुवालगायत भदौ १० को भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार

बेत्रावतीको एउटै घरमा २२ शव सडिसक्दासम्म कहाँ थियो सरकार ?

काठमाडौं- नुवाकोट र रसुवाको सीमावर्ती बेत्रावती अहिले बजार रहेन। यो

बाढीपीडितको समस्या समाधान गर्न सबै तहमा राजनीतिक संयन्त्र गठन गर्ने सहमति

काठमाडौं– बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि केन्द्र, प्रदेश र स्थानीय