उत्कृष्ट युवा पत्रकारिता पुरस्कार सुवेदीलाई « Khabarhub

उत्कृष्ट युवा पत्रकारिता पुरस्कार सुवेदीलाई


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनका पत्रकार श्रीकृष्ण सुवेदीलाई प्रदान गरिएको छ ।

काठमाडौंमा मंगलबार भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीले नगदसहित ताम्रपत्र संयुक्त रुपमा प्रदान गरेका हुन् ।

पत्रकारिताको माध्यमबाट पर्यटन र संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएवापत पत्रकार सुवेदीलाई पुरस्कारसहित सम्मान गरिएको हो । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष दाहालले राजनीतिक नेतृत्वको झिनाझम्टी र हत्या प्रतिघटनाले नै सम्भावना हुँदाहँदै पनि देश विकास हुन नसकेको बताए ।

अध्यक्ष दाहालले धेरै सम्भावना बोकेको नेपाल विकास नहुनुमा राजनीतिक नेतृत्वकै कारण रहेको बताए । उनले नेपालमा पर्यटकीय सम्भावना धेरै भए पनि सदुपयोग गर्न नसक्दा देश विकास हुन नसकेको धारणा राखे । उनले हिमालदेखि तराईसम्म विविधता भएको नेपाल जातीय, भाषिक, साँस्कृतिक विविधतामा पनि धनी भएको उल्लेख गर्दै उनले विकास निर्माणलाई जोड दिन सवैले आ–आफ्नो क्षेत्रमा सक्रिय भएर लाग्नुपर्ने तर्क गरे ।

अध्यक्ष दाहालले हिमाल, पहाड र तराईजस्ता भौगोलिक सम्पन्नताले भरिपूर्ण भएर पनि विगतमा नेपालले राजनीतिक अस्थिरताकै कारण प्रगति गर्न नसकेको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ६ : ४९ बजे

घोराही–तुलसीपुर खण्डमा चार लेनको सडक निर्माण सुरु

दाङ– लामो प्रतीक्षापछि घोराही–तुलसीपुर चार लेन सडक निर्माण सुरु भएको

औषधि ऐन संशोधनको विरोधमा व्यवसायी आन्दोलनमा

विराटनगर– कोशी प्रदेशका औषधि व्यवसायीले औषधि ऐन, २०३५ मा भएको

लुम्बिनीले लियो सुदूरपश्चिको दुई विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको

भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय

ढाका– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई ढाकाको एक विशेष अदालतले

चीनको युन्‍नानमा रेलले कामदरलाई ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु

युन्नान- चीनको दक्षिण–पूर्वस्थित युन्नान राज्यमा मर्मतमा खटिएका कामदारलाई रेलले ठक्कर