बम थ्रेटको पूर्व अभ्यास गर्न आधा घण्टा विमानस्थल बन्द गरिने « Khabarhub

बम थ्रेटको पूर्व अभ्यास गर्न आधा घण्टा विमानस्थल बन्द गरिने


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यासका लागि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न आधा घण्टा बन्द हुने भएको छ ।

हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएको विमानस्थलले जनाएको छ ।

सङ्कटकालीन योजनाअनुरुप गरिने अभ्यासका लागि विमानस्थल आधा घण्टा बन्द गरिने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार पहिलो पटक पूर्णकालीन अभ्यास गर्न लागिएको हो । अभ्यासका क्रममा दिउँसो ३ :१० देखि ३ : ४० बजेसम्म विमानस्थलका नियमित उडान/अवतरण सूचना प्रकाशित गरी आधा घण्टा बन्द गरिनेछ । त्यसअवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै उडान बन्द हुनेछन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को नियमअनुसार विमानस्थलले हरेक दुई वर्षमा सङ्कटकालीन योजनाको अभ्यास गर्नुपर्ने प्रावधानअनुरुप विमानस्थले ‘एयरपोर्ट इमर्जेन्सी प्लान’ अनुसार गरिने योजनाबद्ध अभ्यास मात्रै भएको उल्लेख गरेको छ ।

बोइङ ७५७ जहाजको ‘डमी’ बनाएर विमानस्थलको ‘ट्याक्सी वे’ क्षेत्रमा आपत्कालीन उद्धारको अभ्यास गरिनेछ । विमानस्थलका महाप्रबन्धक क्षेत्रीका अनुसार उडा नं इएक्सई १२४ एक्सरसाइस एयरलाइन्स नामक जहाजमा अलर्ट–५ अन्तर्गत जहाजमा बम रहेको सूचना आएपछि आपत्कालीन पूर्णअभ्यास गरिनेछ ।

यो अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिनेछ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  २ : ३५ बजे

रसुवाको बाढीबारे चीन गम्भीर : उद्धारमा जुट्न राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङको निर्देशन

काठमाडौं– नेपालको उत्तरी छिमेकी चीनले पनि रसुवा र केरुङ क्षेत्रको

नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी प्रभावित १२ जनाको उद्धार

काठमाडौं– भोटेकोशी बाढीप्रभावितमध्ये हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना,

विपद् प्राधिकरणकी प्रवक्ता भन्छिन्- तिब्बतबाट बिहान ८:४० बजे बाढी प्रवेश गरेको थियो, हामीलाई ९ बजे जानकारी आयो

काठमाडौं– विपद् प्राधिकरणको बैठकपछि प्रवक्ता शान्ति महतले रसुवामा आएको बाढीको

भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौं– बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा

प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको