चितवनबाट काठमाडौं आए रवि, पञ्चेबाजा बजाएर विमानस्थलमा भव्य स्वागत « Khabarhub

चितवनबाट काठमाडौं आए रवि, पञ्चेबाजा बजाएर विमानस्थलमा भव्य स्वागत


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने ११ दिनको प्रहरी हिरासत बसाईपछि काठमाडौं फर्किएका छन् । १२ बजे चितवनबाट काठमाडौंका लागि उडेका रविसहितको टोली केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो ।

काठमाडौं आउने सूचना पाएसँगै रविका समर्थकहरु विमानस्थल पुगेका थिए ।

समर्थकले पञ्चे बाजासहित रविलाई काठमाडौमा स्वागत गरेका थिए ।

उनलाई लिन विमानस्थल पुग्ने फ्यानहरुको बाक्लो उपस्थिति रहेको थियो ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएपछि रविसहितका तीन जनालाई प्रहरीले काठमाडौंबाट चितवन लगेको थियो ।

उनीहरुमाथि ‘आत्महत्या दुरुत्साहन’ मुद्दा चलाइएको छ ।

पाँच÷पाँच दिन गरेर दुईपटक अदालतले अनुसन्धानका लागि समय दिएपछि लामिछाने ११ दिन प्रहरी हिरासतमा बसेका थिए ।

अदालतले पाँच लाख धरौटीमा लामिछानेलाई हिरासत मुक्त गरेको थियो । उनको मुद्दाको फैसला हुन भने अझै केही समय लाग्ने भएको छ ।

अदालतबाट धरौटीमा रिहा भएका लामिछानेले हिजो(मंगलबार) चितवनमा पत्रकार सम्मेलन गरेका थिए भने हिजै चितवनको नारायणी किनारमा लामिछानेले धन्यवाद सभाको आयोजना गरेका थिए । उनको सभामा मानिसहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  २ : ०१ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको