पासा ग्वाहाली पुचः को नाफा सात लाख ३३ हजार « Khabarhub

पासा ग्वाहाली पुचः को नाफा सात लाख ३३ हजार


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साविकको गोकर्णेश्वर गाविसकै पहिलो सहकारी पासा ग्वाहाली पुचः वचत तथा ऋण सहकारीले आर्थिक वर्ष २०७५/२०७६ मा सात लाख ३३ हजार ५८ मुनाफा हासिल गरेको छ ।

सहकारीको १३औँ वार्षिक साधारणसभाका अवसरमा पेस गरिएको वार्षिक प्रतिवेदनमा एक करोड १३ लाख २५ हजार १०६ आम्दानी भएको उल्लेख छ ।

यसैगरी एक करोड पाँच लाख ९२ हजार ४७ खर्च भएको विवरण साधारणसभामा प्रस्तुत गरियो । सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पेश गरे । प्रतिवेदनमा शेयर पूँजी एक करोड ४३ लाख ४३ हजार २ सय रहेको उल्लेख छ ।

सहकारीको निक्षेप बचत पाँच करोड ४९ लाख ६३ हजार १५ छ । सहकारीले पाँच करोड ७५ लाख ३९ हजार ८२८ कर्जा लगानी गरेको अध्यक्ष श्रेष्ठले बताए ।

साधारणसभाको उद्घाटन कार्यक्रममा काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राईले सरकारको तीनखम्बे अर्थनीतिअनुसार सहकारी अपरिहार्य अङ्ग भएको बताए ।

देशभर छरिएका ३४ हजार ५०० सहकारीकै कारण आर्थिक रूपान्तरणका साथै स्वरोजगार सम्भव भएको उनले भनाइ थियो । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले गाउँ गाउँमा फैलिएका सहकारीले निम्न आय भएका जनताको आय आर्जनमा सहयोग गरेको बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार विजय चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, नेफ्स्कुनका सञ्चालक न्हुच्छेनारायण श्रेष्ठ, सहकारीका उपाध्यक्ष प्रेमलाल श्रेष्ठ, लेखा समिति संयोजक कृष्णभक्त श्रेष्ठलगायतले निम्न आय भएका मानिसका लागि स्वरोजगारी गर्न सहकारी वरदान सावित भएको बताए ।

सो अवसरमा नेफ्स्कुनका नवनिर्वाचित सञ्चालक सदस्य न्हुच्छेनारायण श्रेष्ठ, सहकारीका उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट शेयरधनी, उत्कृष्ट कर्मचारीलगायतलाई सो अवसरमा सम्मानसमेत गरेको थियो ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ७ : २९ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने