फ्यानको माया देखेर भावुक बने सलमान खान,‌ आँखामा देखियो आँसु « Khabarhub

फ्यानको माया देखेर भावुक बने सलमान खान,‌ आँखामा देखियो आँसु


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका सुपरस्टार समान खानले शुक्रवार आफ्नो ५४ औँ जन्मदिन भव्य रुपमा मनाएका छन् । २७ डिसेम्बरमा परेको जन्मदनिमा उनले आफ्नो परिवारका साथ जन्मदिन मनाएका थिए ।

शुक्रवार सलमानको जन्मदिन पारेर मुम्बईको बान्द्रा इलाकामा रहेको ग्यालेक्सी अपार्टमेन्टमा उनका फ्यान जम्मा भएका थिए । हरेक वर्षझैँ यस पनि सलमान खान आफ्ना फ्यानका सामुन्ने देखिन बाल्कोनीमा आए र हात हल्लाए ।

हजारौँको सङ्ख्यामा उपस्थित फ्यान देखेर सलमान खान निकै भावुक भएका थिए । उनका आँखामा खुशीका आँसु आएका थिए ।

हालै सलमानले एक भिडियो सार्वजनिक गरेका छन्, जुन भिडियोमा सलमानले फ्यानलाई अभिवादन गरिरहेका छन् । भिडियोमा सलमान खान इमोसनल भएको देख्न सकिन्छ ।

सलमानको ५४ औँ जन्मदिन विशेष रह्यो । उनले जन्मदिनको शुभकामना दिने सबै प्रशंसकलाई धन्यवाद दिएका छन् । सलमानको जन्मदिनमा कैयन् बलिउड हस्ती पनि उपस्थित थिए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १२ : १८ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने