‘हृदयभरि’ को छायांकन शुरु « Khabarhub

‘हृदयभरि’ को छायांकन शुरु


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुसमा निर्माण घोषणा गरिएको फिल्म ‘हृदयभरि’ को शुक्रबार छायांकन शुरु गरिएको छ । फिल्मलाई ‘द भ्वाइस अफ नेपाल’ को सेटमा ‘ब्युटी प्याजेन्ट’ दृश्यको छायांकन गर्दै छायांकन प्रारम्भ गरिएको हो ।

झण्डै ४५ दिनमा शूटिङ सक्ने गरी तयारी भइरहेको निर्देशक सुरज सब्बा ‘नाल्बो’ले जानकारी दिए । उनका अनुसार शुक्रबार खिचिएको दृश्य महत्त्वपूर्ण दृश्य पनि हो ।

फिल्मलाई धरान र विदेशमा पनि खिचिने बताइएको छ । भरपूर मनोरञ्जन दिने गरी सोसल ड्रामा बनाउन लागिएको निर्माण टिमको दाबी छ । फिल्ममा स्किृप्ट लेखन पनि निर्देशक सुब्बाकै हुनेछ ।

यो फिल्ममा पल शाह , नीर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुँवर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, मनोज केसी, कविता रेग्मी, अभिदित खाती, बिके श्रेष्ठ, दिपक गजमेर, प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ, आयुषमान घिमिरे, सुमन श्री लगायतको अभिनय रहने निर्माण टिमले बताएको छ ।

यो फिल्ममार्फत श्रद्धा क्षेत्री नेपाली फिल्ममा डेब्यु डेब्यु गर्न लागेकी छिन् ।

त्रिकोणात्मक प्रेम कथामा निर्माण हुने फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् । प्रस्तुतकर्ता चन्दन शाह रहेको यो फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत , कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी , केदार भुषालको लेखन , बिपिन मल्लको सम्पादन रहनेछ ।

फिल्म भाद्र २७ मा रिलिज हुने निर्माण टिम बताउँछ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ६ : ०१ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज