‘हृदयभरि’ को छायांकन शुरु « Khabarhub

‘हृदयभरि’ को छायांकन शुरु


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुसमा निर्माण घोषणा गरिएको फिल्म ‘हृदयभरि’ को शुक्रबार छायांकन शुरु गरिएको छ । फिल्मलाई ‘द भ्वाइस अफ नेपाल’ को सेटमा ‘ब्युटी प्याजेन्ट’ दृश्यको छायांकन गर्दै छायांकन प्रारम्भ गरिएको हो ।

झण्डै ४५ दिनमा शूटिङ सक्ने गरी तयारी भइरहेको निर्देशक सुरज सब्बा ‘नाल्बो’ले जानकारी दिए । उनका अनुसार शुक्रबार खिचिएको दृश्य महत्त्वपूर्ण दृश्य पनि हो ।

फिल्मलाई धरान र विदेशमा पनि खिचिने बताइएको छ । भरपूर मनोरञ्जन दिने गरी सोसल ड्रामा बनाउन लागिएको निर्माण टिमको दाबी छ । फिल्ममा स्किृप्ट लेखन पनि निर्देशक सुब्बाकै हुनेछ ।

यो फिल्ममा पल शाह , नीर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुँवर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, मनोज केसी, कविता रेग्मी, अभिदित खाती, बिके श्रेष्ठ, दिपक गजमेर, प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ, आयुषमान घिमिरे, सुमन श्री लगायतको अभिनय रहने निर्माण टिमले बताएको छ ।

यो फिल्ममार्फत श्रद्धा क्षेत्री नेपाली फिल्ममा डेब्यु डेब्यु गर्न लागेकी छिन् ।

त्रिकोणात्मक प्रेम कथामा निर्माण हुने फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् । प्रस्तुतकर्ता चन्दन शाह रहेको यो फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत , कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी , केदार भुषालको लेखन , बिपिन मल्लको सम्पादन रहनेछ ।

फिल्म भाद्र २७ मा रिलिज हुने निर्माण टिम बताउँछ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ६ : ०१ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका