शाहरुख खानका छोरालाई खुशी कपूरले ‘रिजेक्ट’ गरिन्, यी स्टार किड रोजिन् | Khabarhub Khabarhub

शाहरुख खानका छोरालाई खुशी कपूरले ‘रिजेक्ट’ गरिन्, यी स्टार किड रोजिन्


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री जाह्नवी कपूरले फिल्म ‘धडक’ बाट बलिउडमा कदम राखिन् । जाह्नवीपछि अब उनकी बैनी खुशी कपूर पनि फिल्म क्षेत्रमा छिट्टै आउँदैछिन् । हालै यी दुई बहिनी एक कार्यक्रममा एकसाथ देखिएका थिए । दुईले उक्त कार्यक्रममा आफ्नाबारे धेरै कुरा सुनाए ।

त्यही सिलसिलामा खुशीले आफू बलिउडमा आउन तयार भएको बताइन् । खुशीले भनिन्, ‘म छिट्टै बलिउडमा डेब्यु गर्दैछु, पहिलो फिल्म करण जोहरसँगै गर्न चाहन्छु, तर मलाई थाहा छ, मेरो हिरो को हुने भन्नेमा बुबाले नै निर्णय गर्नुहुनेछ, उहाँले मेरो करिअरलाई लिएर निकै ख्याल गर्नुहुन्छ ।’

उनले अगाडि भनिन्, ‘मान्छेले मेरो बारेमा कुरा गरिरहेका हुन्छन्, उनीहरु चाहन्छन् कि म पनि बलिउडमा डेब्यु गरुँ, यो मलाई रमाइलो लाग्छ, यस्तो सुन्दा मजा आउँछ ।’

शो की होस्ट नेहा धुपियाले खुशीलाई तीन अप्सन दिँदै सोधिन् कि, उनी कोसँग फिल्ममा डेब्यु गर्न चाहन्छिन् – शाहरुख खानका छोरा आर्यन खान, चंकी पाण्डेका छोरा अहान पाण्डे या जावेद जाफरीका छोरा मिजान जाफरी ?

यसमा भने खुशीले अहान पाण्डेको नाम चुनिन् । खुशीले भनिन्, ‘मैले यी तीनमा केवल अहानलाई अभिनय गरेको देखेकी छु, त्यसैले मलाई लाग्छ यही नै सुरक्षित अप्सन हुनेछ ।’

बलिउडमा पछिल्लो समय खुशी र आर्यनले एकसाथ फिल्ममा डेब्यु गर्ने हल्ला पनि फिल्ममा चलेको थियो । तर, खुशीले भने आर्यनलाई चुनिनन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ३ : २० बजे

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको