अर्थविद् भन्छन्–सरकारले लिएको लक्ष्य हासिल गर्न चुनौती « Khabarhub

अर्थविद् भन्छन्–सरकारले लिएको लक्ष्य हासिल गर्न चुनौती



काठमाडौं– सरकारले साँढे आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फिति ६ प्रतिशतमा सीमित राख्ने लक्ष्यसहित संसदमा पेश गरेको १५ खर्ब ३२ अर्बको बजेट बजेटबारे अर्थविद्हरुले विभिन्न प्रतिक्रिया जनाएका छन् । सरकारले राजश्व र आन्तरिक ऋणबाट अपुग हुने करिब ३ खर्ब रुपैयाँ वैदेशिक ऋण लिने सरकारको तयारी छ ।

तर चालु आर्थिक वर्षमा समेत सरकारले लिएको लक्ष्यको आधा समेत पैसा नआएको बेला सरकारले लिएको लक्ष्य हासिल गर्न कठिन हुने अर्थविद्हरुले प्रतिक्रिया दिएका हुन् । अर्थविद् डाक्टर चन्द्रमणि अधिकारीले बजेटको उद्देश्य र प्राथमिकता र आकार ठिक भएपनि पूँजीगत खर्चका लागि विनियोजन न्यून भएका कारण आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुने बताएका छन् । खबरहबसँग कुरा गर्दै अर्थविद् अधिकारीले भने, ‘बजेटको उद्देश्य, प्राथमिकता र आकार सबै ठिक छ । तर बजेटको प्रवन्धहरु पूँजीगत खर्च न्यून भएका कारण आर्थिक वृद्धिदर हासिल गर्न कठिन छ ।’

अधिकारीका अनुसार चालु खर्च बढेका कारण नीजि क्षेत्रको लागत बढ्ने र समग्रमा अर्थतन्त्रको लागत बढ्ने भएकाले मुल्यवृद्धि समेत बढ्छ । उनी भन्छन्,‘पूँजीगत खर्चको आधार कम भएका कारण सरकारले दिएको साँढे ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न कठिन छ । नीजि क्षेत्रको लागत समेत बढ्ने र समग्रमा अर्थतन्त्रको लागत बढ्ने भएका कारण मुल्यवृद्धि समेत बढ्छ ।’

अर्का अर्थविद् डाक्टर दधि अधिकारीले समेत पूजीगत खर्चको आकार न्यून भएका कारण साँढे ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुने बताएका छन् ।

‘सोचेअनुसारको बजेट यसपाली पनि आएन, पूँजीगत खर्चको आकार न्यून भएका कारण साँढे ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुन सक्दैन ।’ खबरहबसँग कुरा गर्दै अर्थविद् अधिकारीले भने ‘सांसदका लागि ६ करोड बजेट छुट्याइनु अनुत्पादक हो, अहिले त स्थानीय तहमा जननिर्वाचित सरकार आइसके, सासंदले अझै पनि बजेट माग्नु भनेको भष्ट्राचारको दुलो खोज्नु हो ।’

अधिकारीले सूचना प्रविधिको प्रयोग बढाउने सरकारी योजना भने सकारात्मक रहेको टिप्पणी गरेका छन् । उनले नीजि क्षेत्रबाट लगानी हुने सम्भावना समेत कम रहेको भन्दै ५ लाख राजेजगारी सिर्जना गर्ने सरकारी लक्ष्य भेटाउन कठिन रहेको बताएका छन् ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे अर्थविद् प्राडा डिल्लीराज खनालले लोककल्याणकारी, सामाजिक क्षेत्र र पछाडी परेकालाई महत्व दिँदै पूर्वाधारमा जोड दिनु बजेटको सकारात्मक पक्ष भए पनि कार्यान्वनमा भने चुनाैती रहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘ कृषिजन्य सामग्रीको संरक्षण, समन्यायिक र गरिबी उन्मुलनमा जोड दिएको छ, बजेट कार्यान्वयनमा नीतिगत संरचनागत सुधार गर्न त्यति ख्याल गरेको भने देखिएन ।’ उनले सांसदलाई ६ करोड छुट्याइनु आलोचनाको बिषय बन्ने तर्क गरे ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘प्रदेश सरकार र स्थानीय सरकारलाई केन्द्र नियन्त्रणमुखी बजेट आयो यसको पनि आलोचना हुन्छ नै, संविधानको मर्म अनुरुपको पनि भएन । जुन सुधारको अपेक्षा गरिएको थियो त्यस्तो बजेट नआएको हुँदा कार्यान्वयनमा समस्या आउँछ । ’

त्यस्तै बजेटबारे नेकपाका नेतासमेत रहेका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक वर्ष २०७६र७७ को बजेटले धेरै विषयलाई समेट्ने प्रयास गरेको बताए । उनले बजेटले खास बर्ग र समुदायलाई लक्षित गरेको तर्क गरे ।

‘बृद्धहरुको भावनालाई समेट्ने कोशिस बजेटले गरेको छ’ उनले भने ‘बजेटले कर्मचारीको तलब बढाएर कर्मचारीलाई पनि सन्तुष्ट बनाउने कोशिस गरेको छ । निर्वाचन क्षेत्रमा रकम बढाएको छ ।’ तर सबै क्षेत्रलाई ओगट्न पुग्दा चुनौती पनि हुने उनको भनाइ छ ।

खबरहबसँग कुरा गर्दै पूर्व अर्थमन्त्री पाण्डेले भने, ‘बजेट केही सकारात्मक र केही चुनौतीपूर्ण छ । ज्येष्ठ नागरिकलाई १ हजार थप गरी ३ हजार मासिक भत्ता दिँदा १३ लाख ज्येष्ठनागरिक सन्तुष्ट हुनेछन् । कर्मचारी १८ देखी २० प्रतिसतको तलव बृद्दिले ८ लाख ५० हजार र तिनका परिवार खुसी हुनेछन । स्वास्थ्य बीमा देशैभरी लाने, ९ अर्ब मलमा अनुदानले कृषि उत्पादनमा लाभ हुने देखिन्छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ९ : २४ बजे

बजेट अभावमा विद्यालय भवन अधुरो, टिनले बारिएको कोठामा पढ्दै विद्यार्थी

पर्वत– दक्षिण यहाँको बिहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण

भीरबाट लडेर एक बालिकाको मृत्यु

बागमती– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भीरबाट लडेर एक बालिकाको

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको