एयरपोर्ट बिनै उडान भर्ने हवाइजहाजको विकास, चाँडै सञ्चालनमा आउँदै हाइब्रिड जहाज « Khabarhub

एयरपोर्ट बिनै उडान भर्ने हवाइजहाजको विकास, चाँडै सञ्चालनमा आउँदै हाइब्रिड जहाज


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अब विमानस्थल बिनै उडान तथा अवतरण गर्ने सक्ने हवाइजहाजको बन्ने भएको छ । शक्ति राष्ट्रका सेनाले लामो समयदेखि यस किसिमको हवाइजहाज उडाइरहेको भएपनि अब भने सर्वसाधारण नागरिकका लागि पनि यो जहाज प्रयोगमा आउने भएको छ । यसलाई ‘टिल्ट–रोटोर’ नाम दिइएको छ । यो जहाज ठूला हवाइजहाजस्तै छिटो र टाढा उड्न सक्छन् । शक्ति राष्ट्रका सेनाले लामो समयदेखि तिनलाई उडाइरहेका थिए ।

अब पहिलो पटक सो वायुयान नागरिक प्रयोगका लागि स्वीकृत हुने बाटोमा छ । यसलाई नागरिक प्रयोगका लागि स्वीकृत गर्दा पनि खोज–बचाउ अभियान, व्यवसायीहरूको यात्रा र आपतकालीन चिकित्सकीय उडानका लागि प्रयोगमा जोड दिइनेछ ।

रिपोर्टअनुसार अर्बपति र पूर्वन्युयोर्क मेयर माइकल ब्लुमबर्गले एउटा अडर गरिसकेका छन् । ब्लुमबर्गजस्ता व्यवसायीहरूले ‘टिल्ट–रोटर’लाई आफ्ना घर नजिक राख्न सामर्थ छन् । यसको उडान गति ३०० माइल प्रतिघण्टा हुनेछ । यस यानलाई कुनै पनि हेलिप्याडमा अवतरण गर्न सकिन्छ ।

यसका लागि कुनै विमानस्थल आवश्यकता पर्दैन । ‘टिल्ट–रोटर्स’ले अङ्ग प्रत्यारोपण प्रक्रियामा महत्वपूर्ण समय बचाउन सक्छ ।

उदाहरणका लागि उनीहरूले दाताहरूको मुटु अस्पतालको हेलिप्याडबाट लिन सक्छन् र तत्कालै १००० माइल दूरीमा रहेका अर्को अस्पतालमा ओराल्न सक्छ । यसले गर्दा विमानस्थललाई पूर्णत बेवास्ता गर्न सकिन्छ ।

खोज र बचाउन अभियानमा उपयोगी हुने छ । न्यून–उचाइमा उड्ने खोज विमान जमिनमा रहेको मानिसहरूलाई त पहिचान गर्न सक्छ तर ती मानिसलाई सुरक्षित स्थानमा लानका लागि भने पुनः हेलिकप्टर नै पठाउनुपर्छ ।

तर अब ‘टिल्ट रोटर’ हवाइजहाजले समय मात्र होइन मानिसहरूको ज्यान पनि बचाउनेछ । यसले गर्दा लामो दूरीको खोज अभियान र त्यसपछि जमिनमा मानिसलाई उडेर मानिसहरूलाई आश्रय दिनेछ ।

विश्वको पहिलो आम प्रयोगका लागि निर्माण हुने टिल्ट–रोटोर हवाइजहाज इटालियन विशाल हवाई निर्माण कम्पनी लियोनार्दोले अमेरिकामा निर्माण गर्दैछ ।
यदि सबै योजना अनुरूप अघि बढ्यो भने एडब्लू–६०९ ले यस वर्षको अन्त्यसम्म सङ्घीय उड्डयन प्रशासन प्रमाणपत्र पाउनेछ र सन् २०२० को कुनै समय सेवा प्रवेश गर्नेछ ।

नौ यात्रु र दुई क्रु सदस्य अट्ने यस विमानमा दुई पंखाको कुनामा ‘टर्बोप्रोप प्रोलर’ जडान गरिएको छ । यसैले यसलाई यो जहाज र विमानको उडान भराउन सक्षम बनाउँछ ।

सैन्य वायु यान ‘ओस्प्रे’भन्दा के कुरामा फरक

अमेरिकी सेनाले प्रयोग गरिरहेको ‘ओस्प्रे’ जहाज जस्तै भएपनि यसमा केही विशेष फरक छन् ।

पेन्टागनको स्वामित्वमा रहेको ‘भी–२२ ओस्प्रे’भन्दा अलग रहेको विश्वको पहिलो टिल्ट–रोटर जहाज एडब्लू–६०९ मा प्रेसरयुक्त क्याबिन छ । यो २५ हजार फिटसम्म उड्न सक्छ । यो उचाइको वायुमण्डलमा जलवायु परिवर्तन हुँदैन । यसले गर्दा विमान आरामसँग उड्छ ।

ओस्प्रेजस्तै एडब्लू–६०९ पनि विकासको क्रममा विभिन्न दुर्घटनामा पर्‍यो । ओस्प्रेको कुरा गर्ने हो भने सन १९९२ र सन २००० मा भएको प्राणघातक दुर्घटनापछि उसको प्रतिष्ठामा नै आघात पुगेको थियो ।

सन् २०१५ मा एडब्लू–६०९ प्रोटोटाइप पनि परीक्षण उडानका क्रममा दुर्घटना हुँदा दुई पाइलटको ज्यान गएको थियो ।

‘नियामकहरूले यी विमानको विकासमा आएको कठिनाइ प्रकाशमा आइरहँदा यिनमाथि नजिकबाट हेर्नेछन’, टिल समूहमा उड्डयन उद्योग विश्लेषण गर्ने रिचर्ड अबोलाफियाले भने ।

लियोनार्दोका कार्यकारी निर्देशक कुटिलोले भने यस खालको विमानका लागि नियामक संस्थासँग समन्वय गरिरहेको बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ११ : ४३ बजे

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय