सुपुर्दगी अनुरोध फिर्ता लिन अमेरिकासमक्ष चीनको अनुरोध | Khabarhub Khabarhub

सुपुर्दगी अनुरोध फिर्ता लिन अमेरिकासमक्ष चीनको अनुरोध


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ-  चीनको विदेश मन्त्रालयले क्यानाडामा गिरफ्तार गरिएकी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई अमेरिका सुपुर्दगी नगर्न अमेरिकी सरकार समक्ष अनुरोध गरेको छ ।

हुवावेकी मेङमाथि इरानसँग व्यापारिक कारोबार गर्दा बैंकहरुलाई झुठो विवरण दिएको अमेरिकी आरोप छ ।

विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले हुवावेकी प्रमुख वित्तीय अधिकृतमाथि अपमानजनक रुपमा अमेरिकाले आरोप लगाएको बताउनुभयो ।

मेङलाई गत वर्ष डिसेम्बर १ तारिखमा अमेरिकी अनुरोधमा क्यानाडाको भ्यानकुभरमा गिरफ्तार गरिएको थियो । मेङलाई अमेरिका सुपुर्दगी गर्ने बारेमा बुधबार क्यानाडाको एक अदालतमा सुनुवाई हुँदैछ ।

गेङले भन्नुभयो, “हामी मेङ वान्झाउमाथिको पक्राउ आदेश तत्कालै फिर्ता लिन अमेरिकासँग आग्रह गर्दछौं र त्यस्ता किसिमका सुपुर्दगी अनुरोधहरु पुनः नगर्न पनि अनुरोध गर्दछौं ।”

साथै, चीनले हुवावे र अरु चिनीया कम्पनीमाथि निराधार आरोपहरु नलगाउन पनि वासिङ्टनलाई चेतावनी दिएको छ । चिनीया विदेश मन्त्रालयको विज्ञप्तिमा “केही चिनीया कम्पनीलाई ओझेलमा पार्न अमेरिकी अधिकारीहरुले राज्यशक्तिको परिचालन गरिरहेको” उल्लेख छ । विज्ञप्तिमा यी कार्यहरु राजनीतिक उद्देश्यबाट प्रेरित रहेको पनि उल्लेख गरिएको छ ।

विज्ञप्तिमा बेइजिङले चिनीया कम्पनीहरुको दृढतापूर्वक प्रतिरक्षा गर्ने जनाइएको छ, तर हुवावेमाथि लागेको अमेरिकी अभियोगलाई कसरी सम्बोधन गरिनेछ भन्ने उल्लेख गरिएको छैन ।

चिनीया विशाल प्रविधि तथा दूरसञ्चार कम्पनी हुवावेले भने कुनै गलत कार्य नगरेको दाबी गरिरहेको छ । हुवावेमाथि अमेरिकी प्रविधि चोरेको, इरानमाथि लागेको अमेरिकी व्यापार प्रतिबन्धलाई हुवावेले उल्लङ्घन गरेको तथा बैंकहरुलाई ढाँटेको आरोप छ ।

हुवावे टेक्नोलोजिज लिमिटेडले मङ्गलबार नै एक विज्ञप्ति जारी गरी हुवावेमाथि लागेका अभियोगका बारेमा अमेरिकी अधिकारीहरुसँग वार्ता गर्न र अनुसन्धानमा सहभागी हुन तयार रहेको जनाएको छ । हुवावेले अमेरिकी कम्पनी टी–मोबाइलसँगको गोप्य व्यापारिक योजना चोरी गरेको विषयमा अमेरिकी अदालतबाट पहिल्यै छिनोफानो भइसकेको पनि स्पष्ट गरेको छ ।

“कम्पनीलाई मेङ वान्झाउले कुनै गल्ती गर्नुभएको थाहै छैन, र अमेरिकी अदालत पनि अन्ततः त्यही निश्कर्षमा पुग्ने हाम्रो दृढ विश्वास छ,” हुवावेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ४ : ३५ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित