बलिउडमा ‘इन्ट्री ‘गर्नुपूर्व यी थिए सन्नी लियोनीका ५ खास फिल्म « Khabarhub

बलिउडमा ‘इन्ट्री ‘गर्नुपूर्व यी थिए सन्नी लियोनीका ५ खास फिल्म


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन्नी लियोनी मनोरञ्जन जगतमा सबैभन्दा बढी खोजी गरिने भारतीय अभिनेत्रीमा पर्छिन् । पूर्व पोर्नस्टार सन्नीले बलिउडमा आफूलाई स्थापित गरिसकेकी छिन् । तर उनका फिल्मले बक्स अफिसमा खासै धमाका मच्चाउँदैनन् । उनले एक नेपाली फिल्मको गीतमा समेत आइटम नृत्य गरेकी छिन् ।

सन्नीलाई कैयन् आरोप आउँछन्, तर ती आरोपलाई उनले खासै वास्ता गर्दिनन् । बरु निरन्तर काम गरिरहन्छिन् । यसलाई कतिपयले सन्नी लियोनीको खुबीका रुपमा हेर्ने गर्छन् ।

के पनि भन्ने गरिन्छ भने सन्नी लियोनीले बलिउडमा काम गर्नुभन्दा पहिले केही फिल्ममा काम गरेकी थिइन् । ती पोर्न फिल्म थिएनन् । यी हुन् ती फिल्म:

मेगा स्कोर्पियन

सन् २००३ मा रिलिज भएको यो हलिउड फिल्ममा सन्नी देखिएकी थिइन् । यो पोर्न फिल्म नभए पनि सन्नीले केही उत्तेजक दृश्य भने दिएकी थिइन् ।

पायरेट्स ब्लड

इन्डो अमेरिकन टिमले बनाएको यो हरर फिल्म खासै सफल भएन । यो फिल्ममा सन्नीको मुख्य भूमिका थियो । उनीसँग चर्चित मलयालम अभिनेता निशान्त सागर पनि थिए । फिल्ममा सन्नीले अंगप्रदर्शनको सक्दो प्रयोग गरेकी थिइन् ।

द भर्जिनिटी हिट

एडम मैके र कैन फेरेलले बनाएको फिल्ममा पनि सन्नी लियोनी थिइन् । यो फिल्मको कहानी हुन्छ कि, केही साथी मिलेर आफ्नो साथीको भर्जिनिटी तोड्नु । यो फिल्मको केही हिस्सामा सनी लियोनीलाई देख्न सकिन्छ ।

द गर्ल नेक्स्ट डोर

सन् २००४ मा बनेको यो फिल्म एक बेवकूफ युवकको कथामा आधारित छ । जसको नजिकै रहने एक महिलासँग प्रेम हुन्छ । पछि ती युवकलाई थाहा हुन्छ कि, ती महिला एक पोर्न स्टार हुन् । उक्त पोर्न स्टारको भूमिकामा सन्नीलाई देख्न सकिन्छ ।

लिभिन इट अप

जा रुलको यो फिल्ममा सन्नी मुख्य ग्ल्यामर महिलाका रुपमा देखिन्छिन् । यो फिल्ममा सन्नीले आफ्ना दर्शकलाई फिटनेस र हाउभाउबाट प्रभावित पार्नु थियो । फिल्ममा अभिनयको कुनै काम थिएन । तर यो फिल्मले पनि सन्नीलाई फाइदा पुर्‍याएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ११ : ५२ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,