मोबाइललाई सुरक्षित राख्न चाहनुहुन्छ ? यी उपाय अपनाउनुस् « Khabarhub

मोबाइललाई सुरक्षित राख्न चाहनुहुन्छ ? यी उपाय अपनाउनुस्


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अहिले मोबाइल अत्यावश्यकीय सामाग्री जस्तै बनेको छ । यो हाम्रो जीवनशैलीको महत्वपूर्ण पाटो बनिसकेको छ । मानिसहरु विभिन्न ब्राण्डका महंगा मोबाइलमा खर्च गरिरहेका हुन्छन् ।

हजारौं मूल्य तिरेको मोबाइलको सही रुपमा सुरक्षा गर्न नसक्दा धेरै समय टिकाउन नसकिने हुन्छ । सामान्य कुराहरुमा ख्लाल नगर्दा मोबाइल चाँडै बिग्रन जान्छ । त्यसैले मोबाइल जोगाउन सामान्य खालका टिप्स हामी यहाँ दिँदै छौं ।

१ स्क्रिन सधैँ सफा गर्नुपर्छ । हामीले स्क्रिन सफा गर्दा जस्तो पायो त्यस्तै कपडा र सामग्रीले सफा गर्छाैँ, यसो गर्नु हुन्न । सकेसम्म नरम कपडाले स्क्रिन सफा गर्नुपर्छ ।

२ हामी जति वेला पनि वाइफाई खोलेर राख्छौँ । कामका वेला मात्रै वाइफाई खोल्नुपर्छ । जति वेला पनि खोल्दा भाइरस छिर्नेलगायत समस्या उत्पन्न हुन सक्छन् ।

३ ब्याट्रीलाई सधैँ फुल चार्ज गरेर मात्रै चलाउनुपर्छ ।

४ युएसबी चार्जिङ पोर्ट सधैँ सफा गर्नुपर्छ । हामी कोही पनि यस विषयमा ख्याल गर्दैनौँ । मोबाइलभित्र अत्यधिक फोहोर हुने पहिलो कारण भनेकै यही हो ।

५ मोबाइलमा भएका टेम्पोररी (क्यास) क्लियर गर्नुपर्छ । नत्र, मेमोरी फुल हुँदै जान्छ र ह्याङ हुने तथा बिग्रने समस्या बढ्दै जान्छ ।

६ स्क्रिनको सुरक्षाका लागि स्क्रिन कार्ड लगाउनुपर्छ । यसले मोबाइलको स्क्रिनलाई फुट्नबाट बचाउँछ ।

७ मोबाइलको चार्जिङ भोल्टेज डिसी फाइभ भोल्टेजको प्रयोग गर्नुपर्छ । यो चार्जरमा लेखेको हुन्छ । तर, कसैले पनि यो कुराको ख्याल गरेको पाइँदैन । त्यसले गर्दा मोबाइलमा आवश्यकभन्दा बढी चार्ज छिर्न सक्छ र मोबाइल बिग्रन सक्छ ।

८ फुलेको ब्याट्री कहिल्यै प्रयोग गर्नु हुँदैन । फुलेको ब्याट्री प्रयोग गर्दा मोबाइल पड्कन सक्छ ।

९ मोबाइल कभर लगाउनुपर्छ । यसले मोबाइल हातबाट झ-यो भने सुरक्षित हुन्छ ।

१० मोबाइललाई तरल पदार्थबाट टाढै राख्नुपर्छ । यो इलेक्ट्रोनिकको भाइरस हो । मोबाइलमा तरल पदार्थ छिर्नु भनेकै मोबाइल बिग्रनु हो ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ३ : ४५ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष