भक्तपुरमा ७१ दशमलव १७ प्रतिशत मत खस्यो, मत गणना आजै « Khabarhub

भक्तपुरमा ७१ दशमलव १७ प्रतिशत मत खस्यो, मत गणना आजै


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्य पदका लागि मतदान भएको छ ।

प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनका लागि २१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी कूल ४५ हजार १५ मतदाता रहेको छ । तीमध्ये १५ हजार ६६५ पुरुष र १६ हजार ३७२ महिला गरी कूल ३२ हजार ३७ मतदाताले मतदान गरेका छन् । यो कूल खसेको मतमध्ये ७१ दशमलव १७ प्रतिशत रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

विसं २०७४ मङ्सिर २१ गते भएको निर्वाचनमा ७५ दशमलव १७ प्रतिशत मत खसेकोमा यसपटकको उपनिर्वाचनमा ४ दशमलव ४ प्रतिशत कम मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख घमचन्द्र तिम्सिनाले जानकारी दिए ।

उपनिर्वाचनमा प्रदेश (क) मा चाँगुनारायण नगरपालिकाको नौ वटा वडा र भक्तपुर नगरपालिकाको वडा नं. १० मा गरी १० वटा वडामा कूल २२ मतदानस्थल र ५४ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी भट्टले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म नै शान्तिपूर्ण रुपमा मतदान भएको जानकारी दिनुभयो । नौ दलका नौ उम्मेदवार र १० स्वतन्त्र उम्मदेवार गरी कूल १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

मतदान सम्पन्न भएसँगै मुचुल्का गरी मतपेटिका मतगणनास्थलमा पु¥याइएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा आजैबाट मतगणना शुरु हुने प्रजिअ भट्टले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख तिम्सिनाले मतगणनाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । मतगणनास्थलमा मतपत्रको सुरक्षाका लागि तारजाली राखिएको बताउदै उहाँले मतगणनास्थलमा सिसी क्यामरा जडान गरिने र सुरक्षा व्यवस्था सबल पारिएको बताए ।

सर्वदलीय बैठक आह्वान गरेको र ९ बजेसम्म बैठक बसेर आजै रातिबाट मतगणना गर्ने र भोलि साँझसम्ममा अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १० : १० बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि