दुई महिनादेखि बन्द गण्डक जलविद्युत् केन्द्रमा उत्पादन शुरु « Khabarhub

दुई महिनादेखि बन्द गण्डक जलविद्युत् केन्द्रमा उत्पादन शुरु


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- दुई महिनादेखि उत्पादन बन्द रहेको पश्चिम नवलपरासीको सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन शुरु भएको छ ।

नियमित कार्यअन्तर्गत नहर मर्मतसम्भारका लागि भारतीय पक्षद्वारा गत कात्तिक १२ गतेदेखि नहरमा पानी बन्द गरेपछि उत्पादन रोकिएको थियो ।

गत मङ्सिर ३० गतेदेखि नहरमा पानी आएपछि पुसको पहिलो सातादेखि केन्द्रमा विद्युत् उत्पादन शुरु भएको कार्यालयका इञ्जिनीयर अनिल शाहले जानकारी दिए । केन्द्रमा हाल दैनिक करिव तीन मेगावाट विद्युत् उत्पादन हुँदै आएको अवस्था छ ।

पश्चिम नवलपरासीको सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रमा वर्षौंदेखि क्षमताभन्दा निकै कम विद्युत् उत्पादन हुँदै आएको छ । दैनिक १५ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको सो केन्द्रमा नियमितरुपमा अहिले तीनदेखि तीन दशमलव पाँच मेगावाटसम्म मात्रै विद्युत् उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ ।

केन्द्रमा जडित तीन टर्वाइनमध्ये त्यसमा जडित उपकरण र मेशिनरीका समान पुरानो भएपछि तीनमध्ये दुई वटा टर्वाइन बिग्रिएर पूर्णरुपमा थन्किएका छन् भने एउटामात्रै (२ नं) टर्वाइन सञ्चालनमा रहेको छ । मर्मतसम्भार नहँुदा करिब १० देखि १२ वर्षअघिबाट थन्किएका टर्वाइन नं १ र वर्षअघिबाट टर्वाइन नं ३ वर्षैदेखि बिग्रेको अवस्थामा छ ।

हाल सञ्चालन रहेको २ नं टर्वाइनसमेत जीर्ण अवस्थामा रहेको छ । सञ्चालनमा रहेका एउटा टर्वाइनसमेत पुराना उपकरण र मेसिनरीका कारण लक्ष्यअनुसार विद्युत् उत्पादन गर्न सकेको छैन ।

नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार पश्चिम गण्डक नहरमा पानी खोल्ने वा नहरमा पानी छोड्ने पूर्ण अधिकार भारतीय पक्षसँँग नीहित छ । केन्द्रमा रहेको मेशिनरी उपकरण पुरानो हुँदै जाँदा एउटा टर्वाइनले पनि क्षमताअनुसार विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ९ : ३० बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप