राष्ट्रपति भण्डारी र तिब्बती स्वशासित क्षेत्र समितिका सचिव वुबीच भेटवार्ता « Khabarhub

राष्ट्रपति भण्डारी र तिब्बती स्वशासित क्षेत्र समितिका सचिव वुबीच भेटवार्ता


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– राष्ट्रपति विद्यादेवी भण्डारीले भूगोलको हिसाबले नेपाललाई उत्तरतिर चीनको तिब्बतले नै जोड्ने भएकाले यस क्षेत्रको भ्रमण गर्नु अति आवश्यक भएको बताउँदै चीन र तिब्बतले गरेको अभूतपूर्व विकास प्रयासका लागि प्रशंसा गर्दै धन्यवाद दिएकी छिन् ।

उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा अन्तरसीमा हिमाली क्षेत्रको विकास परियोजनाका लागि पूर्ण सहयोगको आश्वासन पाएको र त्यसमा चिनियाँ चासो पनि रहेको बताएका जानकारी दिएकी छिन् ।

चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा बेइजिङबाट ल्हासा आइपुगेकी राष्ट्रपति भण्डारीलाई चिनियाँ कम्युनिष्ट पार्टी, तिब्बती स्वशासित क्षेत्र समितिका सचिव वु इङजीले यहाँको परराष्ट्र मन्त्रालयमा स्वागत गरेका थिए ।

मंगलबार दुई पक्षबीच भएको बैठकमा राष्ट्रपति भण्डारीले आफू कुनै पनि पार्टीको सदस्य नभएको र सबैको राष्ट्रपति भएको बताउँदै नेपालका सबै पार्टीप्रति चीन सरकारले राम्रो सम्बन्ध राखेको धारणा व्यक्त गरिन। उनले चीन तथा तिब्बतको विकास प्रयासबाट नेपालका सबै राजनीतिक दलका नेताहरुले सिक्न सक्ने पनि उल्लेख गरिन् ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल चीनबीच सीमा क्षेत्रको विकासमा तिब्बतले ठूलो भूमिका खेल्न सक्ने बताए । उनले  नेपालले चीनसँग क्षेत्र तथा मार्ग प्रयास (बेल्ट एण्ड रोड इनिसियटिभ)मा काम गर्दा तिब्बतको ठूलो भूमिका हुने पनि बताताए ।  उनले बहुआयामिक यातायात सञ्जालमा रेलमार्गको कुरा भएको र यसले यस क्षेत्रकै सामाजिक विकासमा ठूलो परिवर्तन ल्याउन सक्ने धारणा राखेका थिए ।

उनले मे महीनादेखि तातोपानी नाका खोल्न सहमति भए पनि अन्य नाकाका विषयलाई पनि अगाडि बढाउनुपर्ने र हिमाली क्षेत्रका १५ जिल्लासँग मिली अन्तरसीमा आर्थिक विकास गर्न सके ठूलो फाइदा पुग्ने बताए।

मन्त्री ज्ञवालीले नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा लिएको बताउँदै तिब्बती क्षेत्रबाट थप पर्यटक पठाइदिन आग्रहका साथ सचिव वुलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

सचिव वुले दुई राष्ट्रपतिले व्यक्त गरेको मतैक्यतालाई तिब्बतले दृढताका साथ अगाडि बढाउने जानकारी दिँदै तिब्बत र नेपालबीच रेल सम्पर्क तथा पहाडी क्षेत्रका परियोजनाका विषयमा कार्य हुनेमा आश्वस्त हुन आग्रह गरे । उनले दुई मुलुकका सीमा क्षेत्रका जिल्लामा विकास परियोजनाका विषयमा चिनियाँ राष्ट्रपति सीको निर्देशनअनुसार काम गरिर्ने पनि उल्लेख गरे ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणी पौड्याल, नेपालका लागि चीनका राजदूत होउ याङछी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ९ : ५२ बजे

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को