भीरबाट खसालेर गाई मारिएको भन्दै स्थानीयको विरोध « Khabarhub

भीरबाट खसालेर गाई मारिएको भन्दै स्थानीयको विरोध


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– छाडा चौपायाको व्यवस्थापन गर्ने भनेर बाँकेको नेपालगन्जबाट ल्याइएका गाईलाई सुर्खेत पुर्‍याएर मार्ने गरिएको विषय सार्वजनिक भएको छ ।

नेपालगञ्जबाट ट्रकमा हालेर ल्याइएका गाईलाई सुर्खेतको वीरगन्द्रनगर–९ स्थित कटकुवा जंगलमा ल्याएर मार्ने गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

स्थानीयका अनुसार ट्रकमा हालेर ल्याइएका गाईलाई भिरबाट खसालेर मार्ने गरिन्छ ।

स्थानीयहरुको खबरपछि प्रहरीको टोलीले पनि कटुवा जंगल क्षेत्रको निरीक्षण गरेको छ ।

निरीक्षणका क्रममा करिब २३ वटा गाई मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बिहीबार राति मात्रै २ सयभन्दा बढी गाई नेपालगञ्जबाट ट्रकमा हालेर ल्याएर सुर्खेतमा छाडिएको जानकारी आएको प्रहरीले जनाएको छ ।

स्थानीयहरुले भने सामूहिक गौहत्या गरिएको भन्दै विरोध जनाएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १२ : ४५ बजे

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

एनभिए भलिबलः रुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौं – राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको